बुटवल, ३ कात्तिक
अत्यधिक रक्सी सेवन तथा मोटरसाइकल दुर्घटनामा परी रूपन्देहीमा दुईजनाको मृत्यु भएको छ ।
रूपन्देहीको सिपवा–७, पुर्नीहवा गाउँका ५० वर्षीय सूर्यमान मल्लको अत्याधिक रक्सी सेवनले हिजो राति आप्mनै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।
यस्तै मोटरसाइकल दुर्घटनामा आज बिहानै रूपन्देहीमा एकजनाको मृत्यु भएको छ ।
रूपन्देहीको दुधराक्षस्थित रामापुरमा लु१प ८६५६ नं.को मोटरसाइकलमा गाउँबाट काठ बोकेर आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित
भई पल्ँिटदा स्थानीय हिंसु चौधरीको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । रासस