मास्टर मित्रसेन स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा-प्रतिष्ठान को सहकार्यमा थापाको १३० औ जन्मजयन्ती सम्पन्न

Read Time:6 Minute, 24 Second

गायत्री राना मगर

काठमाडौ , २०८१ पौष १४ गते । मास्टर मित्रसेन स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा-प्रतिष्ठान को सहकार्यमा आयोजित मास्टर मित्रसेन थापाको १३० औ जन्मजयन्ती प्रज्ञा-प्रतिष्ठानको देवकोटा हलमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठान का अध्यक्ष गौ बहादुर आले ज्युको सभापतित्वमा र नेपाल प्रज्ञा प्रतिष्ठान का कुलपति श्री भुपाल राई ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रम राष्ट्रिय गान बाट सुरु गरिएको थियो , भने उपकुलपति ज्युले ब्यानर पाठ गरेर कार्यक्रम को उद्घाटन गर्नुभयकाे थियाे । सदस्य सचिब डा.धनप्रसाद सुवेदी ज्युले स्वागत मन्तव्य गर्नुहुदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो भने मास्टर मित्रसेन स्मृति प्रतिष्ठान कि उपाध्यक्ष गायत्री राना मगर ज्युले मित्रसेनको संक्षीप्त जिवनी र परिचय गराउनु भएकोथियो।पुर्ब अध्यक्ष त्रिलोक सिंह ज्युले मित्रसेनको जिवानी बताउनु भएकाे थियाे भने कार्यक्रम संचालन सदस्य रितु रानाले गर्नु भएको थियो।

प्रमुख अतिथि कुलपति श्री भुपाल राई ज्युले आफ्नो मन्तव्यमा आफुले सग्दो सहयोग गर्ने र मित्रसेन लाई साहित्यकारको रूपमा परिचय गराउने कुरा राख्नुका साथै प्रज्ञा भबनमा उहाको शालिक राख्नमा पहलगर्ने बताउनु भयो। वरिष्ठ कलाकार खड्क बुढा मगर ज्युले लाहुरे को रेलिमाई …गीत गाएर मनोरञ्जन गराउनु भयो । अन्तमा सभापति ज्युले मित्रसेन र प्रतिष्ठान स्थापनाका गतिविधि बारे जानकारी गराउदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो । यसरी नेपाल प्रज्ञा – प्रतिष्ठान का प्राज्ञ ज्युहरु,प्राज्ञ सभाका सदस्य ज्युहरु,मास्टर मित्रसेन स्मृति प्रतिष्ठान का पदाधिकारी सदस्य लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि ज्युहरु पत्रकारहरुको बाक्लो उपस्थिति थियो।

झ्याउरे सम्राट मास्टर मित्र सेन थापा ( सिन्जाली मगर ) :-

मास्टर मित्र सेन थापा नेपाली साहित्य, संगीत, र शिक्षाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने बहुआयामिक व्यक्तित्व थिए। उनी एक कुशल साहित्यकार, गीतकार, गायक, लेखक र संगीतकार थिए। थापा आफ्नो समयमा जनजागरणका अभियन्ता मानिन्थे, जसले नेपाली समाजमा सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

उनले विशेष गरी झ्याउरे, लोकगीत, भक्ति संगीत र राष्ट्रिय भावनाले ओतप्रोत सिर्जनाहरू प्रस्तुत गरे। उनका गीतहरू रचना गर्ने मात्र नभएर गाउन पनि उत्तिकै उत्कृष्ट थिए। सैनिक पेशामा आबद्ध रहेर पनि उनले समाजमा ज्ञानको ज्योति फैलाए। उनको साहित्यिक योगदान नेपाली भाषा र संस्कृतिको उत्थानमा महत्त्वपूर्ण मानिन्छ। मास्टर मित्र सेन थापाले आफ्नो जीवनलाई नेपाली कला, साहित्य, संगीत र शिक्षामा समर्पित गर्दै समाजसेवाको प्रेरणाको स्रोत बने। साहित्यकार, कवि, र संगीतकार मास्टर मित्रसेन थापाको १३०औँ जन्मजयन्ती सन्दर्भमा, उहाँको योगदानलाई स्मरण गर्न अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। मास्टर मित्रसेन थापा नेपाली साहित्य, संगीत, र समाजसेवाका क्षेत्रमा एक उल्लेखनीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको जन्म २९ डिसेम्बर १८९५ मा भारतीय हिमाचल प्रदेश भाग्सु धर्मशालामा भएको थियो। मास्टर मित्रसेन थापाले नेपाली भाषा, संस्कृति, र धर्मको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

उहाँले गीत, भजन, र नाटकको माध्यमबाट नेपाली समाजलाई जागरूक बनाउन प्रयास गर्नुभयो। “गंगा बहेली” र “श्रीकृष्ण चरित्र” जस्ता उहाँका कृतिहरू नेपाली साहित्यमा अमूल्य योगदान मानिन्छन्। उहाँले विभिन्न ठाउँमा यात्रागर्दै नेपाली समुदायलाई एकताबद्ध गर्ने र संस्कृति तथा धर्मको महत्त्व बुझाउने काम गर्नुभएको थियो। उहाँले नेपाली संगीतमा पनि ठूला योगदान दिनुभएकाे छ ,जसले नेपाली कला र संस्कृतिको उचाइ बढायो। मास्टर मित्रसेनको योगदान नेपाली भाषा, साहित्य, र संस्कृति प्रेमीहरूका लागि सधैँ प्रेरणादायक रहेकोछ । प्रत्येक बर्ष उहाँको स्मरणमा विभिन्न ठाउहरुमा बिभिन्न कार्यक्रमहरूकाे आयोजना गरेर उहाँको योगदानलाई सम्मान गरिदै आइरहेकाेछ ।
(गायत्री राना मगर मास्टर मित्रसेन स्मृति प्रतिस्थान काठमाडौका उपाध्यक्ष हुन )

3 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %