नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै 

Read Time:3 Minute, 44 Second

राज्यसत्ता

काठमाण्डौँ मंसिर २१ । नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) ले जापानमा कृषि क्षेत्रमा काम गर्न जाने युवाहरुका लागि परामर्श सेवा प्रदान गर्ने भएको छ ।

ललितपुरको होटल हिमालयनमा शनिवार संस्थाले जापान आउने जानकारी त्यहाँ आउने तरिका तथा शर्त लगायत कानुनी प्रक्रिया र जापानका कृषि व्यवसायीहरुसँग व्यक्तिगत रुपमा परिचय तथा साक्षात्कारसहित नेपाल र जापानका सरोकारवालाहरुबीच पारस्परिक सम्बन्ध विकास गर्ने उदेश्यले  ‘रोजगार परामर्श सेमिनार–२०२४’आयोजना गर्न लागेको हो ।

सेमिनारको उद्धघाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गर्नुहुने छ ।

ललितपुरमा हुने सेमिनारमा २ सय जना प्रत्यक्ष सहभागी हुने र नेपाल जापान र अन्य मुलुकबाट पनि भने जुम माध्यममा सयौँको संख्यामा सहभागी हुने नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) नेपाल प्रतिनिधि डा.अनोज शाक्यले जानकारी दिए ।

‘जापानमा घटदो जन्मदर र श्रमशक्तिका कारण विदेशी जनशक्ति (कामदार) कृषिमा मात्र नभई अन्य क्षेत्रमा पनि बढदै गएको छ । नेपाली युवा अस्थायी कामदारका रूपमा मात्र जापान जान चाहान्छन् तर त्यहाँ कसरी जाने, के गर्ने भन्ने बारेमा अन्यौल छन् तसर्थ त्यो अन्यौलतालाई हटाउन र जापान र नेपालबीचको युवा जनशक्तिको निर्माणमा यस सेमिनार एउटा पुल बन्न सक्ने भएकोले यो सेमिनार आयोजना गरिएको हो,’ डा. शाक्यले भने ।

नेपालबाट जापानमा उचित रूपमा शिक्षित जनशक्ति पठाउन आवश्यक छ र नेपालको कृषि क्षेत्रको भविष्यलाई अगाडि बढाउन हाम्रो युवा जनशक्तिले ठुलो भूमिका खेल्नेछ भन्ने विश्वासका साथ नेपालले उत्कृष्ट मानव संसाधन वा भनौँ दक्ष जनशक्ति प्रदान गर्न र नेपाल र जापानबीचको सम्बन्धलाई थप निरन्तरता दिन पनि यो सेमिनार आवश्यक रहेको डा. शाक्यको भनाइ छ ।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय अन्र्तगतको राष्ट्रिय कृषि परिषद् जापानले विगत ७० वर्षदेखि कृषि क्षेत्रमा काम गर्न जान प्राविधिक प्रशिक्षार्थी र निर्दिष्ट दक्ष कामदारहरुको कृषि सीप मुल्याकंन मापन सम्बन्धित परीक्षा संचालन गरिरहेको एक प्रतिष्ठित सरकारी संस्था हो ।  

यस संस्थाले गएका वर्षहरुमा भारतसहित अन्य १६ वटा मुलुकहरुमा जापानमा कृषि क्षेत्रमा काम गर्न जान प्राविधिक प्रशिक्षण वा आफनो सिप दक्षता अभिवृद्धि गर्न इच्छुक युवाहरुलाई लक्षित गरी परामर्श सेमिनारको आयोजना गर्दै आएको छ । 

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %