पूर्ण बहादुर राना
काठमाडौँ , मंसिर २०, २०८१ – चीनकाे चारदिने औपचारिक भ्रमण पूरा गरि प्रधानमन्त्री केपी ओलि स्वदेश फर्केका छन् । बिहीबार दिउँसो साढे २ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

चीनका उपविदेशमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई बिदाइ गरेका थिए । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते प्रधानमन्त्री ओली चीन प्रस्थान षरेका थिए । चारदिने अाैपचारिक भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओलि बेइजिङ गएका थिए ।
भ्रमणको क्रममा बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । उनिहरू बिचकाे भेटवार्तामा नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । चीन भ्रमणमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको छ । समझदारीमा दुवै देशका प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री लीको उपस्थिति रहेकाे थियाे । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरूकाे वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मूलतः नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । अन्य समझदारीमा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै गरि मचीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ ।
अन्य सम्झौतामा भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा पनि समझदारी भएको छ । यसरि अन्य विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस भ्रमणकाे अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भ्रमणकाे क्रममा अति चर्चाकाे शिखरमा रहेकाे नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण विषयका सम्बन्धमा सम्झौता भएका छन् । पर्यटन विकासकाेे लागि सन् २०२५ मा चीनबाट धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि कुराकानी भएको जनाइएको छ । यसै अवसरमा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भ्रमणकाे निम्तोबारे चिनियाँ प्रधानमन्त्रीले सकारात्मक वचन दिएको जनाइएको छ ।
चीनकाे चारदिने अाैपचारिक भ्रमणकाे क्रममा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा उपस्थित थिए । यसरी नै अन्य भ्रमणको क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायतहरू पनि उपस्थित रहेका थिए ।