मिति २०८१/०८/०२
ने.सं. ११४५, कछलागा, २ आइतबार
वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज मिति २०८१/08/02 गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा 2 जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा 1 जना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि 35 महिला, 48 पुरूष र १ अन्य गरी जम्मा 8४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त 34 पदका लागि 29 महिला, 293 पुरूष र १ अन्य गरी जम्मा 323 जनाको मनोनयन पत्र दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि मिति २०८1/08/0३ गते विहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मिति २०८१/08/04 गते अपरान्ह ५:०० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी मिति २०८१/08/05 गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३:०० बजेदेखि ५:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। यसरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मिति २०८१/०8/१6 गते आइतबारका दिन विहान ७:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने भएको हुँदा मतदान कार्यमा सहभागी भै आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदाताहरूमा आह्वान गर्दछ।
उम्मेदवारी दर्ता सम्बन्धी विस्तृत विवरण यसैसाथ संलग्न छ।
नीता पोखरेल अर्याल
सहसचिव एवम् प्रवक्ता