एल .बि .घिसिङ्ग

। जनवरी र जुन १९४४ को बीचमा, मोन्टे क्यासिनो, इटालीमा चारवटा श्रिङ्गखलाबद्ध लडाइहरू भएको थियो । यी लडाइहरू दोस्रो विश्वयुद्धको अन्य युद्धहरु भन्दा सबैभन्दा डरलाग्दो लडाई थियो जस्मा संलग्न गोर्खा सेनाहरुले अदम्य शाहसका साथ लडेका थिए । यो स्थान असाध्यै अप्ठ्यारो पहाडी भूभागमा अवस्थित रहेको र जर्मन डिफेन्डरहरूको मजबुत स्थितिले गर्दा यस्लाइ कब्जा गर्न बढो गाह्रो कार्य थियो । यस्लाई कब्जा गर्न गोर्खा ब्रिगेडको तर्फ बाट १/२ गोर्खा राइफल्स, १/५ गोर्खा राइफल्स, २/७ गोर्खा राइफल्स र १/९ गोर्खा राइफल्सका पल्टनहरु समाबेश थिए भने सम्बन्ध सेनाहरुमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, भारत, न्युजिल्यान्ड, पोल्याण्ड लगायत राष्ट्रका सेनाहरू संलग्न थिए ।
हिटलरको शक्तिशाली रक्षात्मक फौजको “गुस्ताभ रेखा” भनेर चिनिने लाइन पार गर्न त्यती सजिलो थिएन । यो रोमको १०० माइल दक्षिणमा फैलिएको थियो र यो रक्षात्मक अवरोध रणनीतिक रूपमा एपेनाइन पर्वत श्रृंखलामा राखिएको थियो । दोस्रो विश्वयुद्धको इटालियन अभियान १९४३ मा सुरु भएको यो युद्धमा इटालियन र जर्मन सेनाहरूको बिरूद्ध सम्बन्ध (ब्रिटिश गठबन्धन) सेनाहरुले उत्तरतिरको मैदान बाट घेरा हाले । १९४४ को प्रारम्भमा, गठ्बन्धन सैन्यहरुले इटालीको पश्चिममा रक्षात्मक स्थितिमा रहेका दुश्मनी सेनाहरु लाई उत्तरी रोमतिर धकेल्न सक्छ्यम भएका थिए र मोन्टे क्यासिनोको पुरातन बेनेडिक्टाइन मठको वरिपरि रहेका मुख्य रक्षात्मक बिन्दुहरू कब्जा गर्ने योजनामा थिए ।
१५ मार्चमा गठबन्धन सेनाले भारी हवाई बमबारी गरे तर त्यो गठबन्धन सेनाका कमाण्डरहरूले आशा गरे अनुरुप प्रभावकारी भएन । यस्ले स्थिती लाई अलिक अन्योलमा पारेतापनी ९ औं गोर्खा राइफल्स (2/9GR) को दोस्रो बटालियनको एउटै कम्पनीले मठबाटै २५० मिटर भन्दा कम ह्याङ्गम्यान हिल भनेर चिनिने उच्च बिन्दु कब्जा गर्न सफल भयो। बाँकी २/९ गोर्खाका अन्य कम्पनिहरुले त्यस्लाई मज्बुत बनाएर राखे । त्यस्को दस दिनमा चौथो भारतीय डिभिजनले नजिकैको क्यासिनो शहर सुरक्षित गर्ने प्रयास गर्यो, साथै मोन्टे क्यासिनोलाई सीधा आक्रमण गर्न ह्याङ्गम्यान हिल प्रयोग गर्ने युक्ती गरेको थियो । तर शहर र मठ दुबैमा मज्बुत स्थितिमा रहेका जर्मन प्रतिरक्षाहरू लाई हराउन प्रसस्त गोलीगट्ठा सकिन्दै गएको कारण र सो को आपूर्ति पनि ढिला हुने भेकोले यो प्रयास असम्भव भयो।
गठ्बन्धन सेनाहरु गोलिगट्ठाहरुको आपुर्ती नभइन्जेल लामो समय सम्म रक्षात्मक अवस्थामा रहिरहनु पर्यो । गोलिगट्ठाको आपुर्ती प्राप्त भएपछी पनि मे महिनाको मद्ध्ये सम्म पनि मोन्टे क्यासिनोमा गठ्बन्धन सेनाले सफलता प्राप्त गर्न असफलनै रहे । तर १८ मे १९४४ मा, गोर्खा र पोलिश सेनाहरूले अन्ततः भग्नावशेषको मठ द्वारा आफ्नो बाटो बनाएर गुस्ताभ लाइन तोडेर मोन्टे क्यासिनो कब्जा गरे । यती मात्र नभएर भाग्न असफल भएका धेरै जर्मन सेनाहरू लाई युद्धबन्दी पनि बनाए । थप गठबन्धन सेनाहरुले नोर्मन्डीमा अवतरण हुनुभन्दा केही दिन अघि, ४ जुन १९४४ मा गोर्खा सैनिक लगायतले रोम शहर पनि कब्जा गरे। (बेलायतमा अवस्थित गोर्खा (संह्रालय) को एक लेखमा आधारित नेपाली अनुवाद )
लेखक बेलायती सेना अन्तरगत कुइन्स् गाेर्खा इन्जिनियरस् पल्टनका अवकास पराप्त अफिसर साथै गाेर्खा आन्दाेलनका अभियान्ता हुनुहुन्छ ।