मिति २०८१ /०७ / ३०
नेपाल संवत् ११४५, कछलाथ्व, १५ शुक्रबार
प्रेस विज्ञप्ति
निर्वाचन अधिकृतको कार्यालय स्थापना सम्बन्धमा।
संवत् २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगको उपनिर्वाचन कार्यतालिका बमोजिम मिति २०८१ कार्तिक ३० गते देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरू उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा स्थापना भएका छन्।
कार्यालय स्थापना भएपश्चात मिति २०८१ मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम २०८१ मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य प्रारम्भ भई ऐ। मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। यस्तै 2081मंसिर १६ गते विहान ७स्ण्ण् बजेदेखि अपराह्न ५स्ण्ण् बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।
निर्वाचन कार्यक्रम आयोगको वेवसाइट www.election.gov.np मा हेर्न सकिनेछ।
नीता पोखरेल अर्याल
सहसचिव एवम् प्रवक्ता