काठमाडौँ, ३ कात्तिक
सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले बर्तमान सरकारले राजनीतिक सहमतिबाटै केही दिनमै बजेट ल्याउने बताएका छन् ।
राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले दलहरूको सहमतिमा नै बजेट आउने छ, मुलुकलाई बजेटविहीन
अवस्थामा राख्ने पक्षमा कोही पनि नभएको स्पष्ट गरे ।
वर्तमान कामचलाउ सरकारले बजेट ल्याउन नमिल्ने र आफ्नो दलले बजेट ल्याउन नदिने एनेकपा माओवादीको भनाइ सार्वजनिक
भैरहेको बेला सरकारका प्रवक्तासमेत रहनु भएका सूचना तथा सञ्चार मन्त्री पोखरेलले दैनिक राज्य सञ्चालन र विकासका लागि
कसैले पनि बजेटलाई अवरोध गर्न नहुने बताए ।
मन्त्री पोखरेलले दलहरूबीच प्रधानमन्त्रीको कुर्सीका लागि नभई राजनीतिक द्वन्द्व चलिरहेकाले राष्ट्रिय सहमति बन्न नसकेको
बताउँदै एनेकपा माओवादीले १२ बुँदे समझदारी तथा विस्तृत शान्ति सम्झौताको अक्षरशः पालना गरेमा तुरुन्त नयाँ सरकार बन्ने र
निर्धारित मितिमै संविधान लेखन कार्य पनि सकिने दावी गरे ।
मन्त्री पोखरेलले माओवादीको विरोधमा मुलुक बन्धक हुँदैन भन्नुहुँदै मुलुकको समस्या समाधानका लागि माओवादी बढी जिम्मेवार
हुनुपर्दछ, सहमति, सहकार्यका साथ अघि बढ्न दलहरू गम्भीर हुनुुपर्ने खाँचो औँल्याए . रासस