मानाैं मानाैं दशैं

Read Time:2 Minute, 12 Second

-पूर्ण बहादुर राना

बडा दशैं
बडा माने ठूलाे
दशमि माने दशाैं दिन
भव्य रूपमा मानाैं ।

मान्नुपर्छ
रामले रावणलाई मारेकाे दशैं
दुर्गाले महिषासुरलाई मारेकाे दशैं

हाम्रो राष्ट्रपतिले मान्ने दशैं
हाम्रो प्रधानमन्त्री प्रधानन्यायाधीशले मान्ने दशैं
हाम्रो प्रधानसेनापति र आईजिपिले मान्ने दशैं
हाम्रो मुख्य सचिव सभामुखले मान्ने दशैं
कसरी सानाे हुन्छ?
कसरी अरूकाे हुन्छ?
कसरी एउटै जातिकाे हुन्छ?
कुन मनले यस्तो कुरा गर्छाै
नकचराेहरू?
मूर्ख मूलाहरू?

राजधानीबाट यति लाख
उतिलाख बाहिरीयाे
भन्ने दशैं
कसरी मान्दिन भन्छाै पाजिहरू?

रक्सि मासु खान पाउने
राम्रो कपडा लाउन पाउने
वर्ष दिनमा आउने
दशैं चाड मानाैं ।
अन्य चाड हाेईन दशैं
वर्ष दिनमा आउँछ
बरू ल्हाेसार, माघि
अनि अन्य चाडहरू
एकै वर्षमा
दुई दुईपटक आउँछ हाेला!

खस भाषा बाेलाैं
जंगली भाषा छाेडाैं
तिज, दशैं शिवरात्रि
भव्य रूपमा मनाअाैं ।


सबले यी चाड मान्छन्
टिभि, रेडियोमा बज्छन्
मुख्य गरि यी चाडहरू
ठूलाे जाति ब्राह्मणले मान्छन् ।

हामी सभ्य बन्ने भए
जिब्रो बाक्लाे नपार्ने
मगर भाषा लगायत
मातृभाषा छाेडाैं ।
उफ्रि उफ्रि
शासककै मातृ भाषा बाेलाैं
पाेकै परि डल्लै परि
राताे टीका लगाउँ ।

किनभने दशैंमा
१५ दिन विदा हुन्छ
दशैं बाेनस पाउँछ ।

अरू चाड
पुसे पन्ध्र, माघि
उधाैंलि र उँभाैलिमा
दुई दिन विदा छैन ।

त्यसैले
सभ्य शिक्षित हुन
बाहुन मित्र खुसि पार्न
दशैं चाड मानाउँ
बाहुन साथि खुसि पार्न
उनकै पार्टीमा भाेट हालाैं
दाैरा सुरूवाल लगाउँ ।

5 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %