बेलायत ५ नोवेम्बेर २०११: बर्गायन हाइट डोवर,केन्ट को कमयूनिटी हल मा( बेलायत भरि छरिएर बसेका) मगर हरुको संगठन यू.के मगर संग केन्द्रीय समितिको आयोजनामा र केन्ट (साखा) मगर संघ को प्रायोजनमा केन्द्रीय समिति र ९ वटै साखा समिति हरुको बैठकले विविन्न एजेन्डा माथि छलफल र निर्णर्य गरि सम्पन्न गरेको छ।
मगर संघ यू.के का अधक्ष (मे. री) कुल बहादुर थापा मगरको अधक्षतामा र .सस्थाको बरिस्ठ उपाधक्ष..दुत पुन मगरले अतिथि तथा प्रतिनिधि,प्रबेक्षक हरु लाइ स्वागत गर्नु भएको थियो भने संघ कै महासचिप/सचिब दय योग कुमार फगामी मगर र पदम गाहा मगर ले कार्यकर्म संचालन गर्नु भएको थियो।बैठकमा सस्था का सल्लाकार हरु बहाल वाला मेजर चित्र बहादुर राना मगर,मे.रि. कृष्ण कुमार आले मगर ,मे.रि.देब बहादुर पुन मगर,क्या.रि. बिर बहादुर गह मगर, क्या.रि. बलराम घले मगर,सस्थाका सस्थापक अधक्ष थर्क राना मगर,उपाधक्ष हेम राज थापा मगर (हेम सेठ ),धेरै भन्दा धेरै मगर अफिसर लगायतका उपस्तित रहेको थियो । कार्यकर्म को सुरुवात मा उपस्थित सबै पाहुना हरुलाई आथित्याता गरर्ण र परिचय लगतै नेपाल मगर संघ का सस्थापक कोषाधक्ष स्व. मन बिर गर्बुजा मगर को निधन प्रति गहिरो सोक प्रकट गर्दै उहाको आत्मा को चिर्सान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।लगतै संघ कै सदस्य नारायण किसोर पुन मगरले स्वर्गीय गर्बुजा मगरले समाज लाइ दिनु भएको योदान र जिवानी माथि प्रकाश पार्नु भएको थियो ।सो सम्मेलनले आगामी बर्ष २०१२ मा गरिने कार्यकर्ममा नेपालका प्रथम सहिद लखन थापा मगर को १३५ औ स्मिर्ती दिवस ,( लण्डन स्थित नेपाली राज दुत को शभा कक्षा मा लखन थापाको कार्यकर्म गर्न हल उपलब्द गराई दिन दुता बास लाइ पत्राचार गरेको तर दुताबास बाट उपलब्द गराउन नसक्ने जानकारी महासचिवले इमेल पढेर सुनाउदा बैठक केहि समय अबरुद्द भयको थियो ) छैटौ लखन थापा मेमोरिएल गोल्ड कप २०१२ ,बुद्ध पुर्णिमा का दिन थेरा बाद बौध भीक्षु बाट १२ बजे भित्र पुजा र दर्सन सके पछि बिगतका बर्ष हरु मा झैँ बिर्हत सास्किर्तिक कार्यकर्म गर्ने ,संघको मुख पत्र कानुंग लाङघा नियमित प्रकाशन/बितरण गर्ने,जेहेन्दार मगर बिद्द्यार्थी लाइ छात्र बृदि प्रदान गर्ने जस्ता महत्तो पूर्ण बुदा हरु माथि छलफल गरि पारित भएको थियो । सम्मेलनमा आगामी २०१२ को फेब्रेरिमा क्याप्टेन मा पदोन्नती हुन छनौट घोशणा भै सकेका उपस्थित १ आर. जि. आर पल्टनका बहालवाला डब्लु. ओ. टु दय महेन्द्र फगामी मगर र जीवन पुन मगर, साथै युरोप भर्मर्ण मा रहेका मगर संघ हंगकंग का पूर्व अधक्ष हुम् बहादुर थापा मगर लाइ सस्थाका अधक्ष (मे.री ) कुल बहादुर थापा मगरले खादा ओडाई बधाई र शुभकामना तथा स्वागत गर्नु भएको थियो ।
सचिब पदम गाहा मगर ले पहिला बैठक मा पारित भएको निर्णर्य हरु पढेर शुनाउनु भएको थियो,भने सस्थाकों कोशाधक्ष दल मान पुन मगरले कोषको बारेमा आर्थिक प्रतिबेदन,सस्थाका सदस्य नेम बहादुर थापा मगरले वेब डिजाइनर,बिदेस बिभाग र सम्पर्क,मगर युबा समिति गठन बारे,क्याप्टेन बलराम घले मगर ले यूके मगर संघ को भवन निर्मार्णको लागि आर्थिक संकलन (हाल सम्म ३१ हजार पाउण्ड संकलन भएको जानकारी)प्रतिबेदन,९ वोटई साखा सस्था का अधक्ष/प्रतिनिधिले आ आफ्नो क्षेत्र को प्रगति प्रति बेदन पेस गरेका थिय ।रि िडङ शाखा बाट नेपाल तनहु जिल्ला समितिका पूर्व अधक्ष केसु राम आले मगरले” मगर सस्कार र सस्किर्तिक्को” बारेमा कार्यपत्र पेस गर्नु भयो भने बौद्ध बिहार रुपन्देही जिल्लाका संख नगरमा अवस्थित गुम्मका केन्द्रीय सदस्य शेर बहादुर तरामु मगरले मगर र बौद्ध धर्म बाट मगर कर्म काण्ड (थेराबाद )वापा बारे ब्रिस्तित चर्चा गर्नु भएको र हाल सम्म ३ वटा शाखाले वापा बाट कर्म काण्ड गरेको र बाकि शाखा मा निकट भबिस्य मै बिस्तार गर्दै जाने जानकारी दिनु भएको थियो ।क्या .रि . बिर बहादुर गाहा मगरले ज्याउरे सम्राट,साहित्य,नाट्य,गजल गायक,बहुरुपी,बहु प्रतिभाका धनि मास्टर मित्र सेन थापा मगर (प्रतिस्ठान) को बारेमा छोटो तर मिठो कार्य पत्र प्रस्तुत गरि सबै जना लाइ आजीवन सदस्यता लिन आग्रह गर्नु भयो ,लगतै अधक्ष ,ऊपाधक्ष,माहा सचिब लगायत अन्य सदस्य हरुले पनि आजीवन सदस्य लिनु भयो ।कार्यकर्म बिहान १०:३० बाट सुरु भै बेलुकी १९ :३० सम्म चलेको थियो भने रिदिंग साखा का अधक्ष( क्या. रि ) पदम लाल आले मगर को नेतिरतोमा पल्टने स्ताइलको( मेसिग )स्वादिस्ट
खाना र नास्ता को ब्याबस्था साथै बैठक हलको पनि ब्याबस्था गर्नु भएको थियो ।स्मर्ण रहोस यो यू.के मगर संघ २२ अगस्त २००२ मा फान्ब्रो स्तित गोर्खा रेस्टुरेन्ट को भेला मा उपस्तित थर्क राना मगर,अमृत थापा मगर ,लिलामान सेर्पुन्जा मगर ,मिरा आले मगर र केसरी (काउचा ) थापा मगर को परिकल्पना मा सुरु भयको थियो ।आज यो सस्था प्रबासी मगर संघ हरु मधे हरेक क्षेत्रमा अग्र स्थान ओगट्न सफल छ ।
( हुम बहादुर थापा मगर
यू.के बाट फर्केर )