प्रेस बिज्ञप्ति
मिति २०८१/०६/१५
ने.सं. ११४४ ञलागा १४ मंगलबार
अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवगंत हुनुभएका सम्पूर्ण व्यक्तिहरुप्रति आयोग श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । बाढी पहिरोबाट पुग्न गएको अकल्पनीय क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पु¥याउनको लागि आयोगका माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरुको ७ (सात) दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ । यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।
(नारायण प्रसाद सापकोटा)
सहसचिव एवं प्रवक्ता