पूर्ण बहादुर राना
खुमलटार, ललितपुर ,२०८१ असाेज १२ गते । नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समितिकाे दाेश्राे बैठक समितिका अध्यक्ष हर्क बहादुर थापा मगरकाे अध्यक्षतामा “द बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकन” खुमलटार ललितपुरमा सम्पन्न भएको छ । बैठकले विविध विषय माथि छलफल गरि निर्णय गरेकाे छ ।

मूलतः बैठकले अक्षय काेष निर्माणकाे लागि साधरण सदस्य प्रवेश शुल्क, आजिवन सदस्यता शुल्क र देउसी-भैलाे तथा महाेत्सवबाट काेष निर्माण गर्ने निर्णय गरेकाे छ । यसरिनै साधरण सदस्यता शुल्क रू५००/-(अक्षरूपी पाँचसय मात्र), आजिवन सदस्यकाे लागि रू ५,०००/-(अक्षरूपी पाँच हजार मात्र) लिने निर्णय गरेकाे छ । बैठकले क्यालेन्डर छाप्ने निर्णय पनि गरेकाे छ ।
यस मिटिङले महत्त्वपूर्ण निर्णयकाे रूपमा “राष्ट्रिय माैलिक काैराह महाेत्सव” काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेकाे छ । यस महाेत्सवकाे लागि कम्तिमा २०,०००००/- अक्षरूपि बीस लाख रूपैयाँ लाग्ने अनुमान छ । र बजेटकाे स्राेत जुटाउन, तिथि, मिति तय गर्न आगामी बैठक यहि २०८१ कार्तिक ३ गते मगर हाउस गाेंगबुमा बैठक बसि बृहत् छलफल गरि निर्णय गर्ने छ ।
समितिकाे बैठककले माैलिक काैराह कस्ताे हुनुपर्छ, माैलिक काैराहकाे आवश्यक तत्वहरू केके हुनसक्छ भन्ने बारे निर्क्याेल गर्न राष्ट्रिय माैलिक काैराह समितिसँग बहस गर्न गायककार श्रीराम थापा मगरकाे संयाेजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेकाे छ । भने मन बहादुर थापाकाे संयाेजकत्वमा ८ सदस्यीय साँस्कृतिक उपसमिति गठन गरेकाे छ ।
सचिव पूर्ण बहादुर राना मगरद्वार संचालित बैठककले यस सम्पर्क समितिले यहि २०८१ कार्तिक १३ र १४ गते देउसी-भैलाे खेल्ने निर्णय गरेकाे छ ।
