स्थानीय तह उपनिर्वाचन 2081 का लागि कार्यातालिका स्वीकृत सम्बन्धमा -प्रेसविज्ञप्ति

Read Time:1 Minute, 59 Second

मितिः २०८१/०6/02

नेपाल संवत् ११४४ ञलाथ्व, 15 बुधबार

प्रेस विज्ञप्ति

स्थानीय तह उपनिर्वाचन 2081 का लागि कार्यातालिका स्वीकृत सम्बन्धमा।

संवत् 20८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको छ।

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना 2081/06/09 मा प्रकाशन गरी ऐ 10 देखि 16 सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, 2081/06/20 मा दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, 2081/07/26 मा मतदाताको अन्तिम नामावली  प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, 2081/07/30 मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, 2081/08/02 देखी निर्वाचन कार्यक्रम संचालन गर्दै 2081/08/16 मा मतदान गर्ने लगायतका 62 वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको व्यहोरा जानकारीका लागि अनुरोध


नारायण प्रसाद सापकोटा

सहसचिव एवम् प्रवक्ता

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %