मतदाताकोउमेरअठारवर्षपुग्नेमिति(Cut-off Date)-प्रेसविज्ञप्ति

Read Time:3 Minute, 6 Second

मितिः २०८१/०6/02

नेपाल संवत् ११४४ ञलाथ्व, 15 बुधबार

प्रेस विज्ञप्ति

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut-off Date) निर्धारण मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि संवत् 20८१ मंसिर १६ गते आइतबारका दिन उपनिर्वाचन गर्ने गरी नेपाल सरकारबाट उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावलीलाई अद्यावधिक प्रक्रियामा लगी अन्तिम मतदाता नामावली तयार गर्नका लागि आयोगबाट निर्णय भएको छ।

मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८१/05/31 सम्म देशभरबाट सङ्कलित तथा 2081/08/15 गतेसम्म 18 वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रकृयामा लगिने छ। अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण 2081/06/18 गते आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ भने मिति 2081/06/18 देखी 2081/06/30 गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ।यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली 2081/07/26 गते प्रकाशित हुनेछ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरुको सहभागिता अपरिहार्य रहेकोले मिति 2081/06/18 देखि 2081/06/30 गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिनेछ।

नारायण प्रसाद सापकोटा
सहसचिव एवम् प्रवक्ता

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %