धादिङ ३ कात्तिक
नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवम् १ नं. निर्वाचन क्षत्रीय कमिटीको सदस्य दार्खा–१ निवासी ४० वर्षीय शिव थापामगरको हत्या गरिएको छ ।
यही कात्तिक १ गते अपरान्ह घरबाट बाहिर गएका शिव घर फर्केर नआएपछि खोजी गर्दै जाँदा उनको लास घर नजिकै जङ्गलमा आज बिहान फेला परेको थियो ।
धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा उनको लास फेला परेको छ ।
थापामगरको कसले, किन हत्या गरेको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक
घनश्याम अर्यालले बताए । रासस