-पूर्ण बहादुर राना

तिम्रो कामै दिने
के दिने?
भाेट दिने
नाेट दिने ।
तिम्रो कामै दिने
के दिने?
सत्ता दिने ।
तिम्रो कामै दिने
के दिने
तस्कर गर्न दिने
काण्डैकाण्ड घटाउन दिने ।
हाे तिम्रो कामै दिने
के दिने?
राजस्व दिने
रेमिटेन्स दिने
कर दिने ।
साँच्चै तिम्रो कामै दिने
के दिने?
भ्रष्टाचार गर्ने
सांसदकाे लाईसेन्स दिने
कमिसन खान दिने ।
वास्तवमा तिम्रो कामै दिने
के दिने?
धन दिने
मन दिने
तन दिने
जन दिने
ती सांसद,
ती शासक
ती प्रशासकलाई
आवश्यक परे
तिम्रो शरीर दिने
तिम्रो प्राण दिने
तिम्रो सर्वस्व दिने ।
याद गर त
कहिले हाे तिमी
शासक बन्ने
प्रशासक बन्ने
कहिले हाे यसरी
शिलालेखमा तिम्रो नाम लेख्ने?
तिमी के हुने?
परे सहिद हुने
शासित हुने
अंगभंग हुने
अपांग हुने
पिडित हुने ।
बाँचे फेरि
ती नेताका
भाेटे कुकर हुने
भाते हुने
चम्चे हुने
झाेले हुने
मर्न र मार्न तयार हुने ।
