उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिइएको – प्रेस विज्ञप्ति

Read Time:5 Minute, 9 Second

मिति: 2081/05/30

नेपाल संवत् : ञलाथ्वा १२ आइतबार

प्रेस विज्ञप्ति

विषय : उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिइएको।

वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख 2, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष 9 तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष 21 गरी देहायका जम्मा 3९ रिक्त पदमा संवत् २०८१ मंसिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न आज आयोगबाट नेपाल सरकारलाई परामर्श दिइएको छ।

Press_Release

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, 2073 बमोजिम जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ साथै उपनिर्वाचन हुने मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्नेछ भन्ने व्यवस्था भए बमोजिम परामर्श दिइएको हो।

देहाय

क्र.सं.प्रदेशजिल्लापदस्थानीय तहवडा नं.
1कोशीझापावडा अध्यक्षकन्काई नगरपालिका6
2मोरङअध्यक्षग्रामथान गाउँपालिका
3तेह्रथुमवडा अध्यक्षलालीगुराँस नगरपालिका8
4सुनसरीवडा अध्यक्षगढी गाउँपालिका6
5ओखलढुंगाजिल्ला समन्वय समिति प्रमुख
6ओखलढुंगावडा अध्यक्षमोलुङ गाउँपालिका5
7उदयपुरवडा अध्यक्षत्रियुगा नगरपालिका12
8वडा अध्यक्षवेलका नगरपालिका9
9मधेशसप्तरीवडा अध्यक्षडाक्नेश्वरी नगरपालिका4
10धनुषावडा अध्यक्षधनुषाधाम नगरपालिका1
11महोत्तरीवडा अध्यक्षरामगोपालपुर नगरपालिका2
12रौतहटवडा अध्यक्षईशनाथ नगरपालिका7
13वडा अध्यक्षराजपुर नगरपालिका6
14वडा अध्यक्षगढीमाई नगरपालिका8
15वागमतीदोलखाउपाध्यक्षगौरिशंकर गाउँपालिका
16काठमाडौंप्रमुखकीर्तिपुर नगरपालिका
17वडा अध्यक्षकीर्तिपुर नगरपालिका1
18वडा अध्यक्षकीर्तिपुर नगरपालिका4
19वडा अध्यक्षकाठमाडौँ महानगरपालिका16
20नुवाकोटवडा अध्यक्षककनी गाउँपालिका2
21मकवानपुरवडा अध्यक्षहेटौडा उपमहानगरपालिका12
22गण्डकीगोरखावडा अध्यक्षगोरखा नगरपालिका5
23लुम्बिनीगुल्मीवडा अध्यक्षमुसिकोट नगरपालिका1
24रोल्पावडा अध्यक्षरुन्टीगढी गाउँपालिका4
25बर्दियावडा अध्यक्षठाकुरबाबा नगरपालिका4
26कर्णालीदैलेखअध्यक्षमहाबु गाउँपालिका
27वडा अध्यक्षदुल्लु नगरपालिका13
28कालिकोटवडा अध्यक्षतिलागुफा नगरपालिका4
29जाजरकोटउपप्रमुखनलगाड नगरपालिका
30वडा अध्यक्षकुसे गाउँपालिका7
31डोल्पावडा अध्यक्षत्रिपुरासुन्दरी नगरपालिका5
32हुम्लाउपाध्यक्षसर्केगाड गाउँपालिका
33रुकुम (पश्चिम भाग)वडा अध्यक्षसानीभेरी गाउँपालिका5
34सुदूरपश्चिमबाजुराउपाध्यक्षस्वामीकार्तिक खापर गाउँपालिका
35बझाङवडा अध्यक्षसूर्मा गाउँपालिका4
36डोटीवडा अध्यक्षपूर्वीचौकी गाउँपालिका6
37दार्चुलावडा अध्यक्षदुहुँ गाउँपालिका5
38कैलालीजिल्ला समन्वय समिति प्रमुख
39कञ्चनपुरवडा अध्यक्षभीमदत्त नगरपालिका6

निर्वाचन आयोगले मतदाता नामावली ऐन, 2073 को दफा 20 को उपदफा (2) बमोजिम उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा संवत् २०८१ मंसिर १६ गते नै उपनिर्वाचन गर्ने गरी परामर्श दिइएको छ।

दुर्गा प्रसाद चालिसे
उपसचिव एवम्
सहायक प्रवक्ता   
1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %