यलम्बरका सन्तान हौँ ,भन्ने विद्वान मित्रहरूलाई

Read Time:5 Minute, 7 Second

डा.बालकृषण माबुहाङ

मैले सुरुमानै भनेको छु, म यो विषयको विज्ञ होइन र यो पनि भनेको छु, के विषयविज्ञ हौँ भन्नेहरू त्रिवि, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल, पश्चिमाञ्चल, सुप, पोखरा, महेन्द्र संस्कृत, १३वटा विश्वविद्यालयका ईतिहास, संस्कृति, पुरातत्वविभाग, मानवशास्त्र, समाजशास्त्र, अधययन विभागमा याकथुङ, चामलिङ, खालिङ, थुलुङ, याक्खा, लाप्चा, मगर, तमु, थकालीको पुर्खा यलम्बर हो कि होइन भनेर पढाउँछन त? अध्ययन अनुसन्धान, खोज गरिरहेछन त?

किरातको बारेमा चर्चा भएको हस्तिनापुरको लडाई महाभारतमा हो। यलम्बर, प्रथम किरात राजा सेनामेना सुनका घोडा, हात्ती, अश्वरोही सहित महाभारत लडाइमा गएका थिए भनेर वेदमा उल्लेख छ भनेर वैदिक साहित्य उल्लेख गरिएको छ। तर कता गए? अलिकति कोटयाई हेरौँ।

नेपालको प्राचीन ईतिहासमा लिच्छबिले किरातमाथि चडाई गरेको सन ४ सय ५० तिर भनेको छ। ७ सय वर्ष, ३२ पुस्ता राज गरेको थियो रे! मतलब प्रथम राजा यलम्बर काठमाडौं उपत्यकामा इसापूर्व ३ सय ५० तिर राजा भएको हुन पर्छ।

पश्चिमा इतिहासविदहरूले महाभारतको लडाई १ हजार देखि १५ सय वर्ष इसा पूर्व भएको लख काटेका छन् । सन् २००३मा बैङलोरमा भएको बृहत् विद्वत गोष्ठीले महाभारत को लडाई २२ नवम्धर ३०६७ इसापूर्व निश्चित गरेको छ।

America मा NASA का Dr. S. Balakrishna ले सम्पूर्ण eclipse दुबै Lunar र Solar को ई.सा. पूरेव ३३००- ७०० को अध्ययन गर्न Lodestar Software प्रयोग गरि अध्ययन गर्दा महाभारमा वर्णित चन्द्र ग्रहणहरका आधारमा महाभारत २५२९ तिर घटेको हुन पर्छ भन्ने छ।

Richard L Thompson र Narhari Achar ले Mathematical Astronomical Software प्रयोग गरि पुष्टि गरेका छन कि भगवान कृष्णको जन्म इसापूर्व ३१६७ हो।

डा. पि.भि.होलेले महाभारतमा दिइएको ६ वटा Planetory Configuration अध्ययन गरेर महाभारत को युद्ध १३ नवम्वर इसापूर्व ३१४३ मा सुरु भएको उलेलेख गरेका छन। Dr. K.S. Raghavan र उसको सहयोगि मिलेर Pnanetarium software को मदतले कुरुक्षेत्रको लडाइँ २२ नवम्बर इ.पू. ३०६७मा सुरु भएको परिक्षण गरेर पुष्टि गरेका छन्।

किरातकालको सुरु इसापू्र्व ३५० मा काडमाडौँ उपत्यकामा स्थापना भएको जसका पहिलो राजा यलम्बर भनिएको छ। तर महाभारतको लडाई भने लगभग २७,०० वर्ष पहिले भइसकेको प्रमाणहरु वैज्ञानिक अध्ययनहरु पुष्टि गरेका छन। इसापूर्व ३१०४ मा त कृष्णको मृत्य भएको कुरा छ। त्यसो त कृष्ण आफै भगवान विष्णुका आठौँ अवतार मान्छन। जो द्वापर युग (८ लाख २६०० सौर्य वर्ष) का लागि पापीहरू सखाप पार्न भनेर आएका थिए भनेर वैदिक शास्त्रहरूको भनाई छ।

अनि, २७ सय वर्षको ग्यापको हिसाबकिताब गन्ति गर्ने र हिसाब मिलाउने कोही चामलिङ, याकथुङ, याक्खा, लाप्चा, किरातिहरू छन त? ईतिहासले इसापूर्व ३५०मा यलमबर राजा देखाउँछ, वैज्ञानिकहरूको अध्ययनले इसापूर्व २७०० वर्ष पहिले भएको महाभारतको लडाइँमा कसरी यलम्बर पुगे त?

हावा इतिहास मेरो हो भन्दै हिँड्ने कि हामी आदिवासी हौँ, जे छौँ, त्यही हौँ! जे गर्छौँ, त्यही हाम्रो हो भन्ने? नभएको राजपाठ, शासन र संस्कृति, वंशावली र प्रवृत्तिको पछि लाग्नु भनेको आदिवासित्वबाट च्युत हुनु हो। आदिवासी र राजामहाराजाको ईतिहास मध्ये आफ्नो कुन हो? एउटामात्र रोज्न पाउँछौं । जे देख्यो, त्यै मेरो, म हुँ भन्ने लोभिपापी संस्कृतिबाट मुक्त हनु भनेको नै सच्चा आदिवासीवाद हो।

अर्को ५९ आदिवासी जनजाति समुदायहरू मध्ये किरात, किराँती, राजा, राजवंशको चटारो राई, लिमबुलाई मात्र छ कि अरूलाई पनि छ? नबुझेको नि!

डा.बालकृषण माबुहाङको फेशबुक वालबाट साभार

6 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %