चितवन (रत्ननगर), ३ कात्तिक ।
चितवनको सौराहामा आएका पर्यटकले चितवनको सौराहामा घुम्न आएका विदेशी पर्यटकले
नेपालीले झैँ टीका लगाउँदै आशीर्वाद लिएका छन् ।
नेपाल भ्रमणमा आउने पर्यटकहरु पनि नेपाली संस्कार अनुसारका चाडपर्वमा रमाउने गरेको
पर्यटन व्यवसायीहरु बताउँछन् ।
दसैँको टीकाको दिन पर्यटकहरुले टीका थाप्ने गरेकोे क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष
शङ्कर सँैजुले बताए ।
दसैँमा हालिएका लिङ्गे पिङ, रोटे पिङमा पर्यटक पनि मच्चिने गरेका छन् ।
विजया दशमीको टीकाको दिन टीका, जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने प्रचलन निकै
रमाइलो रहेको फ्रान्सबाट आएका पर्यटक डेविटले बताए ।
पर्यटन ब्यवसायी सैजुका अनुसार यसपालि विगत वर्षको तुलनामा २० प्रतिशतले बढी विदेशी
पर्यटक सौराहा आएका छन् ।
भरिभराउ छन अन्य भारतीय तथा आन्तरिक पर्यटकहरुको अत्यधिक आगमनले सौराहाका
होटलहरु यतिबेला खचाखच छन् ।