पूर्ण बहादुर राना
काठमाडौं ,२०८१ भदाै १९ गते । नेपालकाे प्रथम सहिद लखन थापा मगर हुन् कि बलदेव शाहा(बाँकावीर) हुन् भन्ने जिज्ञासा र काैतुहलता हुनु स्वभाविक हाे । यस जिज्ञासा मेट्नकाे लागि तीन जना व्यक्तिहरूकाे जिवनि बारे थाहा पाउनु आवश्यक छ ।

ती तीनजना व्यक्तिहरू हुन् १) जंग बहादुर राणा, (२) बलदेव शाह(बाँकावीर) र (३) लखन थापा मगर । यी तिनै जनाकाे संक्षिप्त वर्णन तल गरिएकाे छ।
(१) जंग बहादुर राणा

वि. सं. १९०३ मा जंग बहादुर राणाले काेतपर्व हत्याकाण्ड मच्चाएर नेपालकाे प्रधानमन्त्री बने । उनले काेतपर्वमा सयाैं भाईभारदार र सैनिकहरूलाई लास बनाएर जंग बहादुर राणा नेपालकाे प्रधानमन्त्री बनेर नेपालकाे राज्यसत्ताकाे शक्ति हत्याएका थिए । जंग बहादुर आफ्नो विरूद्धमा कसैले शिर ठाडाे पार्न नसकुन भनेर हाेसियारि थिए । उनले मामाकाे हत्या गर्न पनि पछि परेनन् । यस्ताे क्रुर हत्याकाे जगमा उनी प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री बनेपछि दमनकाे नीति अख्तियार गरे । उनकाे विरूद्धमा लाग्नेकाे भाैतिक शरिरनै सफाय गर्ने अभियानमा लागे । यसैकाे सिकार भएका बलदेव शाह(बाँकावीर) र लखन थापा मगरहरू हुन् । उनिहरूकाे बारेमा तल वर्णन गरिएको छ ।
(२) बाँकावीरको इतिहास

सुरतबहादुर शाहले नेपालका प्रथम अमर सहिद बाँकावीर’ पुस्तिकामा वि.सं. १९०६ मा बलदेव शाह (बाँकावीर) जङ्गबहादुर राणाको विरोधमा मारिएकाले उनलाई प्रथम सहिद घोषणा गर्नुपर्ने तर्क गरेका छन् ।
सुरतबहादुर शाहका अनुसार कोतपर्वबाट विसं १९०३ मा सत्ता हत्याएपछि जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखेर अड्कलेको मानो खानुपर्ने बनाएकाले राजपरिवार तथा मोफसलका ठकुरी रिसाएका थिए। साथै अछाममा खटिने राणाका कर्मचारीलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने, हाकिमलाई पिठ्युमा राखी बोकेर ठाउँठाउँमा डुलाउनुपर्ने, कर्मचारीलाई गोर्खाली मानो भनी चामल, दाल, घिउ, मसला उठाउनुपर्ने, छोरीचेली, नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले उनीहरू मुर्मुरिएका थिए। यस्तैमा अछामी राजासँग विवाह गरिएका गीर्वाणयुद्धकी छोरीपट्टीकी नातिनीबाट जन्मेका साहेबज्यू बलदेव शाह ( बाँकावीर)ले राणाको फौजलाई रासन नदिने अभियान चलाए। एक्लै, दुक्लै भेटेका जवान र कर्मचारीको हत्या गर्न थालेपछि राणाहरूको इसारामा रुद्रसिंह स्वाँरले बाँकावीरको टाउको काटी हत्या गरे। उनको टाउको रातारात अछामको सिमाना कटाएर डोटी गौंडा हुँदै काठमाडौं पुर्याएका थिए।
‘यो अभियान क्रमशः अछामबाट डोटी बझाङ जुम्ला र दैलेख सम्म फैलिन थालेको थियो ’ नेपाल प्रहरीका पूर्व आइजिपी मोतीलाल बोहरा का अनुसार बाँकावीरले जङ्गबहादुर राणा विरूद्ध सैन्य संगठन बनाएका थिए । जङबहादुरले थाहा पाएपछि बाँकावीरको हत्या गर्ने योजनामा राणाहरु पुगे ।’
माेतिलाल बाेहाेराका अनुुसार `राणाहरूले राजद्रोहको अपराध गरेको भन्दै बाँकावीरलाई ‘मोस्ट वान्टेड’ अपराधीको सूचीमा राखियो । त्यसपछि जङबहादुरले विसं १९०५ वैशाखमा ‘जहाँ फेला पर्छन्, त्यहीँ काट्नू’ भन्ने आदेश दिए । बलदेवसहित बझाङका अम्बरसिंह भण्डारी र ईश्वर सिंहलाई समेत काट्ने आदेश दिइयो।´
बाँकावीरलाई काट्न दिएको आदेश बोहराले यसरी प्रस्तुत गरेका छन् :
‘स्वस्ति श्री प्राईमिनिस्टर एण्ड कमाण्डर इन चिफ जनरल जंगबहादुर कुँवर कस्य पत्रम् ।
आगे भवानीसिंह स्वाँर के भगुवा गुरुप्रसाद शाहले हामीलाई दागा गर्न भनी पठाएको आछामी रण भीमसाहिको भाई बल्देव शाही…….१, बझागी अम्बर सिंह भण्डारी…….१, गुमानसिहंको भाई ईश्वरसिंह………. १, तीन जना जहाँ फेला पर्छन् इनलाई काटी दिनु भन्ने श्री ५ सरकारको हुकुम भयाको छ काटी दिनु । इनीहरूका मद्तीमा जो जो छन् तिनलाई नेल गलफन्दी हाली न उम्कन्यागरी यहा ल्याउने काम गर्नु………… इति संवत १९०५ साल मिति वैशाख सुदि……….रोज सुभम ।
बोहरा भन्छन् – ‘एक पटक जङ्गबहादुरका सैनिकले बलदेवलाई कैलाली चिसापानीदेखि उत्तरको जंगलमा घेरा हाली पक्रन खोज्दा वर्षातको भेलसहित उर्लिएको खोलासमेत उफ्रिएर पार गरी बाँकावीर भाग्न सफल भएका थिए ।’
राणाका सेनाहरूले विसं १९०६ को बर्खा याममा बाँकावीरले बान्नीगढीमाथि आक्रमण गर्ने योजना बनाए । आक्रमणका लागि रेकी गर्न भन्दै बाँकावीरसँगै स्वाँरबन्धु पनि गए । ‘रेकीबाट फर्किँदै गर्दा बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल– बान्नीगढी गाउँपालिका) धारामा नुहाउन थाले’ बोहरा भन्छन्, ‘नुहाउँदै गरेका बाँकावीरमाथि भवानी र कालुसिंह स्वाँरले खुकुरी प्रहार गरे । टाउको छिनाए ।´ यसरी बलदेव शाह(बाँकावीर)काे हत्या गरिएको थियाे ।
(३) क्या.लखन थापा मगर

क्या.लखन थापा मगरले जंगबहादुर राणाको तानाशाही शासनविरुद्ध जनसमर्थन सहितको संगठित सैन्य विद्रोहको नेतृत्व गरेका थिए । गोरखाकाे बुङ्कोट (हाल लखन थापा गाउँपालिका–७) का लखन थापा मगर र उनका साथिहरूले जंगबहादुर राणाको जनविरोधी क्रुर शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने संकल्प सहित विद्राेह थालनी गरेका थिए । त्यतिबेला समाजमा विभेद, अन्याय, अत्याचार, शोषण, दमन व्याप्त थियाे । याे समाप्त गर्नु उनीहरूको लक्ष्य थियो ।
क्या. लखन थापा मगरले वि. सं. १९३३ सालमा नेपाली जनताको स्वतन्त्रता र मुक्तिका लागि १५०० जनाको सशस्त्र फौज खडा गरे । उनीहरूले राज्यसत्तामा बसेका राणाहरूलाई ठाडाे चुनौती दिए। याे कुरा जङ्ग बहादुर राणाका सेनाले त्यसको दमन गर्न लखन थापा र उनका साथि जयसिंङ चुमि राना मगर लगायत ६ जना सहयोद्धाहरूलाई बुङ्कोटमै बेलाउति र खिर्राका रूखहरूमा झुन्ड्याएर मारे ।
क्या.लखन थापा मगरकाे विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, सशस्त्र तयारी, भारी जनसमर्थन थियाे । याे विद्राेहमा स्थानीय जन सहभागिताजस्ता सबल पक्षहरू उल्लेखनीय रूपमा थियाे । याे विद्राेह जनजागरण र जनस्तरबाट एकीकृत र संगठित रूपमा गरिएको विद्राेह थियाे । याे विद्राेह बन्दुक नालमा अडेकाे सत्तालाई बन्दुककै नालबाट ढाल्नकाे लागि सशस्त्र रूपमा तयारि सहित गरिएकाे जनस्तरकाे बलियाे बिद्राेह थियाे ।
लखनउ विद्रोह :
क्या.लखन थापा मगर र जयसिंह चुमि राना मगर पुरानाे गाेरख गणमा भर्ति भएका थिए । उनिहरू लखनऊ लगायतका भारतीय शहरहरूमा सन् १८५७ को विद्रोह दमन गर्न नेपालबाट खटिएका थिए । क्या. लखन थापा र जयसिंह चुमि राना मगरले भारतीय स्वतन्त्रताको निम्ति संघर्षरत भारतिय योद्धाहरूले गरेकाे सङ्घर्ष प्रत्यक्ष रूपमा देखेका थिए । भारतीय याेद्भाहरूले भाेगेको निर्मम अत्याचार दमन उनिहरूकै आफ्नै आँखाले देखेका थिए । ईमानदार र नुनको सोझो गर्न बाध्य गोर्खाली सैनिकहरूले अमानवीय ढंगले विद्रोह शान्त पारेका थिए । यसरी विद्राेह शान्त पारेर अंग्रेजलाई खुसि पारेका थिए । नुनकाे साेझाे गाेर्खालि सेनाहरूले अङ्ग्रेजलाई विद्राेह शान्त पारेर उपकार र गुण लगाई दिएका । तर लखन थापा मगर र जयसिंह चुमी राना मगरहरू भित्रभित्रै क्रुद्ध र रिसाएका थिए।
वैद्यका अनुसार– जंगबहादुरले लखन थापालाई झुन्ड्याइसकेपछि गोरखाका जनतालाई (हात लिन वा शान्त पार्न) पुरस्कार स्वरूप केही रूपैयाँ दिएका थिए। गोरखाका जनताले चाहिँ सो रूपैयाँले लखन थापाकै सम्झनामा उक्त घण्टा बनाउन लगाई गाेरखा कालिका देवीलाई चढाएका हुन् भन्ने मास्टर दण्डपाणि अर्यालको भनाइ छ। यो अभिलेखको व्यहोरा, साल मिति हेर्दा उक्त कुरा सत्य हो कि भन्ने देखिन्छ। (तुलसीराम वैद्य र धनबज्र बज्राचार्य (सं), गोरखाको ऐतिहासिक सामाग्री, २०२९, काठमाडौं, नेपाल अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय, पृ.३२–३३)। उक्त घण्टा गोरखकालीका मन्दिर परिसरमा अहिले पनि सुरक्षित छ।
अध्येता मेरी लेकम्टी टिलोइनले सूचना विभागबाट प्रकाशित ‘नेपाल’ को केही अंश अनुसार
त्यस षड्यन्त्रकारी मगरको गोरखा नजिकैको घर वरिपरिबाट घेरी उनका सबै मानिसहरूलाई फलामे साङ्लाले बाँधियो र तिनले भेला गरेका सबै हतियार जफत गरियो अनि तिनीहरूलाई थापाथलीतर्फ लगियो। उनीहरूलाई थुनामै राखी सत्यतथ्यको छानबिन गरियो। लखन थापा एवम् उनका मुख्य समर्थकहरूलाई जेलमा राखियो र बाँकीलाई भने मुक्त गरियो। पछि १९३३ (वि.सं.) को पौष महीनामा लखन थापा र उनका मुख्य समर्थकहरूलाई उनकै घर अगाडिको रुखमा झुन्ड्याइयाे। उनको घर र मन्दिरलाई ध्वस्त पारी मैदान बनाइयो (नेपाल, १९८३, ४५–४६) ।
पुरुषोत्तमशमसेर जबरा लिखित ‘लुकेछिपेका प्रतिभाहरू’का अनुसार, लखन थापालाई गोर्खामै उनकै घर अगाडिको रुखमा वि.सं.१९३३ पोखी (पौष) मा झुन्ड्याई मारे (२०६५ः१८०)।
शिवलाल थापा मगरकाे भनाई अनुसार -“लखन थापालाई मारेकाे सात दिनमा जंग बहादुर राणाकाे मृत्युु हुने कुरा रानीले आफ्नो सपनामा देखेकि थिईन । याे कुरा उनले लखन थापालाई नमार्नु भनी राेईकराई जंग बहादुरलाई पनि सुनाएकि थिईन । लखन थापा मगरलाई मारेर १९३३ फागुन ९ गते जंग बहादुर राणा फर्किने क्रममा लेंडे बाघले झम्टेर बेनिघाटमा जंग बहादुर राणाकाे मृत्यु भएको थियाे । रानीकाे सपनाकाे आधार र जंग बहादुरकाे मृत्यु भएको दिनलाई आधार मानि लखन थापा मगरकाे मृत्यु १९३३ फागुन २ गते भएको हाे” भनेर उनले आफ्नो पुस्तक ओझेलमा परेका मगरहरू भन्ने पुस्तकमा उल्लेख गरेका छन् । (२०५२: १८)। लखन थापाकाे मृत्यु फागुन २ गते नै भएको हाे भनि निर्क्याेल गर्ने पहिलाे व्यक्ति पनि शिवलाल थापा मगर नै हुन् ।
डा. हर्षबहादुर बुढामगरका अनुसार– केही उत्साही नवयुवकहरूको सकृयतामा वि.सं. २०४८ पौष १० गते गोरखामा शहीद लखन थापाको पुण्य स्मृतिमा ‘अमरत्व दिवस’ मनाइएको थियो’ (२०४९ः२२९–३०) र सो दिन पञ्चमी तिथि नै परेको देखिन्छ ।
वास्तवमा बाँकावीर र लखन थापा काे हुन् प्रथम सहिद? यी दुवै सहिद बिच भिन्नता के छ?
(१) बलदेव शाह(बाँकावीर) र लखन थापा मगर दुवैकाे हत्यारा जङ्गबहादुर राणा नै हुन् । दुवैलाई जङ्मबहादुर राणाले मृत्युदण्ड दिईएकाे थियाे । यसमा दुई मत छैन् ।
(२) तिथि र मितिकाे आधारमा जङ्ग बहादुर राणाले बाँकावीरलाई वि. सं. १९०६ मा मृत्युदण्ड दिईयाे भने लखन थापा मगरलाई वि. सं.१९३३ साल अर्थात २८ वर्षपछि मृत्युुदण्ड दिईयाे ।
(३) बाँकावीर शाह वंशसँग सम्बन्धित व्यक्ति थिए भने लखन थापा मगर सर्वसाधारण जनताका छाेरा थिए ।
(४) बाँकावीरले राणा शासन विरूद्ध शासन गरेकाे उनकाे मावलि खलकका राजेन्द्र शाहलाई नजरबन्दमा राखेकाे र राणा शासकले अड्कलेको मानो खानुपर्ने देखेर आफ्नाे पारिवारिक पीडा देखेर पनि जङ्गबहादुर राणा विरूद्ध आन्दोलन गर्ने सुरू गरेका थिए ।
(५) लखन थापा मगरले जङ्ग बहादुर राणाले सर्वसाधारण जनता माथि गरेकाे क्रुर, अन्याय र अमानवीय शासन देखेर आजित भई आन्दोलनको जेहाद छेंडेका थिए । बाँकावीरकाे युद्ध आफ्नो नितान्त परिवार, मावलि र कुटुम्ब सम्बन्ध र ईष्ट्रमित्र पर्तिकाे अन्याय अत्याचारबाट सल्केको विद्राेहकाे ज्वाला थियाे । पछि बाँकावीरले सर्वसाधारणलाई राणाले दिएकाे दुःख, कष्ट पनि देखेका थिए ।
(६) बाँकावीर शाह वंशका राजालाई राजाकै हैसियतमा राख्न र आफुहरूले परम्परादेखि पाई आएकाे राजखानदानकै सेवासुविधा पाउनकाे लागि जङ्गबहादुर राणा विरूद्ध जेहाद छेंडेका थिए । भने लखन थापा मगर भुँईमान्छेकाे अधिकार र समानताको लागि लडेका थिए ।
बाँकावीरकाे लडाइँ राजपरिवार र राजपरिवारका खलक र नातेदारहरूले खाईपाई आएकाे सेवासुविधा, सहुलियत, खानपान, रहनसहन, सुखसुविधा र यशआरामकाे लागि भएको विद्राेह थियाे । केही हदसम्म रैतीकाे अधिकार समावेश थियाे । तर जतिसुकै जे भनेपनि बाँकावीरले जंग बहादुर राणा विरूद्ध गरेकाे विद्राेह राजालाई राजानै बनाउने र रैतीलाई रैतिनै बनाउने उद्देश्यले अभिप्रेरित भएको देखिन्छ । भने लखन थापा मगरकाे विद्रोह वंशीय निरङ्कुशता र जहानिया शासनकाे निरङ्कुशता हटाई श्री ५ र श्री ३ काे विभेद हटाई सबैलाई “श्री” मा ल्याउनु थियाे । अर्थात राजा र रैतीकाे विभेद हटाई सबैलाई नेपाली नागरिक बनाउनु थियाे ।
(७) लखन थापाकाे नीति हेर्दा सम्पूर्ण नेपालीहरू समान हुनुपर्छ भन्ने थियाे । लखन थापाकाे उद्देश्य सर्वसाधारण नेपाली नागरिकको हित र जितकाे लागि थियाे । लखन थापा मगरकाे विद्राेह देशकाे स्वाधिनताकाे रक्षा र स्वतन्त्रताकाे लागि थियाे । लखनकाे विद्राेह सर्वसाधारण नेपाली नागरिक शासक बन्ने, राजा र प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्न्ने रितिथिति बसाल्नकाे लागि थियाे । किनकि जन्मकाे आधारमा राजा र प्रधानमन्त्री हुन पाउँँदैन भन्ने विश्वासका साथ लखन थापा लडेका थिए । त्यतिबेला राजा बन्न शाह वंशमा जन्मेकै हुनु पर्ने र प्रधानमन्त्री बन्न राणा परिवारमा जन्मेकाे हुनुपर्ने रितिथिति सुरू भएको थियाे ।
तर उता बाँकावीरकाे नीति चाहिँ शाह वंशकाे हित र जितकाे लागि थियाे । शाह वंशकाे शासनकाे निरन्तरताकाे रितिथितिको लागि थियाे । बाँकावीरकाे विद्राेह राजपरिवार अर्थात आफ्नो दुधुबाजेहरूकाे शासनकाे निरन्तरता र भलाइकाे लागि थियाे ।
रूवाबासि गरिरहेका जनतालाई ढाडस दिंदै म फेरि फर्कि आउनेछु भनेर लखन थापा मगर जनता र देशकाे लागि हाँसिहाँसि फाँसिकाे सुलिमा चढे । तर बाँकावीर ज्यान बचाउन वर्षातकाे भेलले उर्लेकाे खाेला समेत नाघेर भागेकाे कुरा ईतिहासकारहरूले उल्लेख गरेका छन्
तसर्थ तिथि र मितिकाे आधारमा सहिद हुने हाेईन रितिथिति र नीतिकाे आधारमा सहिद हुने हाे । आफ्नो परिवार, वंश र जातिकाे लागि मात्रै नभई समग्र देश र जनताकाे भलाईकाे लक्ष्य र उद्देश्य सहितकाे हुने बलिदान नै सहिदकाे मानक हाे । त्यसैले प्रथम सहिद बाँकावीर हाेईनन् लखन थापा मगरनै हुन् ।
(लेखक राज्यसत्तामा समसामयिक बिषयवस्तुमा कलम चलाउँने पत्रकार हुन)