चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को मिति घोषणा

Read Time:3 Minute, 38 Second

काठमाडौं। २०८१ भदौ १८गते। नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन्।


उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन्।
गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ।


गौचनको सन २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने समावेश छ। नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्र, मिसिङः केटी हराएको सूचना, यही दृष्टिकोणको प्रमाण हो।
यस चलचित्रमा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ। फिल्मले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको खोजी गर्छ।


यस चलचित्रका लेखक÷निर्माता÷निर्देशक दीपेन्द्र गौचनले चलचित्र मिसिङ्गको निर्माणका लागि पाएको प्रेरणाको बारेमा आफ्नो अनुभव साटेका छन्। “नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ। यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,” निर्देशक गौचनले भने, “यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ।”


चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता/जेसी) रहेकी छन भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन/र्याम्बो) रहेका छन्। त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन्। यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन्।
चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन्।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %