नेपाल मगर संघ स्पेन, बार्सेलोनाको आयोजनामा नेपालिहरुको महान चाड तिहार र दिपावलीको सुखद उपलक्षमा भेटघाट कार्यकर्म अनौपचारिक सम्पन्न भएको छ । छोटो समय मै परिचय भएको भएता पनि २ दिन सम्म रमाइलो साथ् भब्य सम्पन्न भएको एस कार्यकर्म ले नेपाल कै याद दिलाएको कबिता राना मगरले बताइन । कामको व्यस्तताले धेरैलाइ खबर गर्न नभ्याएको र आउने दिनहरुमा अग्रिम जानकारी गरे र नेपाली चाड पर्बहरु मनाउदै जाने प्रतिबद्दता प्रकट गर्छन नेपाल मगर संघ स्पेन, बार्सेलोनाका अधक्ष बुद्ध थापा मगर। भर्खर स्पेन को कागज हात पार्न सफल स्यांग्जा, बिरुवा अर्चलेका तुल बहादुर आले मगर एउटा जापानिज रेस्टुरेन्टमा सेफ मा कार्यरत भ्याई नभाई यो जमघटमा हाजिर भएर मिठो परिकार पकाएर ख्वाउदै कामको खोजीमा स्पेन छिर्ने नेपालीको संख्या करिब हजार पन्द्र सयको हाराहारी मा भएता पनि हालसम्म स्पेनको कागज (नागरिकता ) पाउनेको संख्या भने एक चौथाई मात्रै होलान आले मगर बताउछन् । हुन पनि अधिकाम नेपालिलाइ भेट्दा सबैं को एउटै कथन छ, कागज पाउन जति सजिलो छ,काम पाउन झनै जटिल छ कहाको दसैँ तिहार ?
यो छोटो जमघटमा मगर संग हंगकंग का पूर्व अधक्ष हुमबहादुर थापा मगर,सा सदस्य चित्र बहादुर (काउचा )थापा मगर, खर्कबहादुर पुन मगर, डलबहादुर राना मगर, भवानीबिक्रम नेम्बांग, बिस्नु लामा, श्रीमति बिस्नु लामा, लक्ष्मन् (साहिला )थापा जोहन थापा मगर, बुध थापा मगर, श्रीमती बुध थापा मगर, कविता राना मगर ,सिर्जना लामा, कुमार पुन, तुलबहादुर आले मगर, जुन बहादुर पुन मगर र अन्य अतिथि को पनि उपस्थित रहेको यस कार्येकर्म को अन्त्यमा (नेपाली कला र सास्किर्तिको बचाउन ) प्रतेक्ले नेपाली मिउजिकमा अनिबार्य एक्ला एक्लै निर्त्य गर्ने पर्ने रहेको थियो।एती टाडा बर्सेलोना सहरमा रहेर पनि नेपाली परिकार स्वादिस्ट सेलरोटी,धेरै परिकारका मासु र सादेको मुलाको अचार ,जोनी वोकर, मेच्मानी ख्वाउनु हुने बहिनि बुध थापा र परिवार लाई पुन दिपावाली को शुभकामना सहित(” मुच्हो गरासिस्योस “) धन्यबाद ।
हुम बहादुर थापा मगर/स्पेन, बार्सेलोना