फाउन्डेसन द्धारा गोरे बहादुर खपाङ्गीको आठौं वार्षिक स्मृति सभा सम्पन्न (फाेटाे फिचर सहित)

Read Time:7 Minute, 36 Second

पूर्ण बहादुर राना / हुबि मगर

काठमाण्डौ ,२०८१ भाद्र १२ गते । सबैखाले विभेद र जातीय मुक्तिका महान विचारक गाेरे बहादुर खपाङ्गी मगरकाे आठाैं वार्षिक स्मृति सभा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरकाे प्रमुख अतिथ्यता र फाउन्डेसनका अध्यक्ष हुम बहादुर पचभैया थापा मगरकाे सभाध्यक्षतामा सम्पन्न भएको छ ।

स्मृति सभाका प्रमुख अतिथि उपसभामुख ईन्दिरा राना मगरले गाेरे बहादुर खपाङ्गि मगरले जहिले पनि शिक्षाकाे महत्त्वकाे बारेमा आफुलाई सम्झाएकाे स्मरण गरे । उपसभामुख रानाले गाेरे बहादुर खपाङ्गी मगरले शिक्षाकाे बारेमा पटकपटक कुरा गरिरहने भएकोले उनकाे नाममा नर्सरी देखि वा कक्षा १ देखि अर्थात प्राथमिक तहदेखिकाे विद्यालय खाेल्नुपर्ने बताए । खपाङ्गीकाे नाममा स्कुल खाेले उपसभामुख ईन्दिरा राना मगरले पनि सहयाेग गर्ने बताईन ।

अन्य विशेष अतिथिहरुमा पर्यटन नागरिक उड्डयन मन्त्रालय अन्तरगत गुम्वा विकास समितिका कार्यकारी सदस्य भिक्षु एबं गुल्माराजा बाैद्ध विहार राैतहटका ‘ भन्ते ‘ मेघङ्कर स्थविर (नारायण बहादुर आले मगर) मुनी विहारका भिक्षु गरू ‘अर्जुन भन्ते ‘ उपस्थित थिए ।

अन्य अतिथिहरूमा त्रिलाेकसिं थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यवंशि, नेपाल मगर संघका पूर्व केन्द्रीय उप महासचिव चन्द्र बहादुर श्रीस मगर , संविधान सभाका कान्छा सदस्य रामकाजी महर्जन, बरिष्ठ समाजसेवी श्रीधर सिंह , प्रा.डा.श्रीराम प्रशाद उपाध्य , त्रि.बिका डा. तारा लाल श्रेष्ठ ,अधिवक्ताद्वय चेत बहादुर आले मगर र रत्न राना मगर , गोरेबहादुर खपाङ्गी फाउन्डेशनको संस्थापक सचिव भावेश भुमरी ,फाउण्डेशनका कार्यकारी संस्थापक सदस्य डा.बिष्णु सिंजाली मगर ,फाउण्डेशनका अर्का कार्यकारी संस्थापक सदस्य राम कुमार सुस्लिङ मगर , मगराँत संर्घष समिति नेपालका अध्यक्ष राम मगर ,खपाङ्गीका चेला एबं गौरी शंकर मा.वि. रामेछापका पूर्व प्रधानअध्यापक निर बहादुर कार्की ,नेपाल मगर संघ बागमती प्रदेशका कोषध्यक्ष सुरज थापा मगर , नेपाल मगर बौद्धसेवा समाज,काठमाण्डौका कोषाध्यक्ष टंक

बुडाथोकीमगर,नेपाल मगर संघ जिल्ला समन्वय समिति, काठमाण्डौका अध्यक्ष डब बहादुर गर्बुजा मगर , नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ बागमती प्रदेशका सचिब गोबिन्द राना मगर , मगराँत मुक्ति मोर्चाका केन्द्रीय सदस्य राम आले मगर ,नाँग अरहन्त बौद्ध विहार ,बाँसबारी काठमाण्डौका अध्यक्ष गणेश थापा मगर ,शुन्दर बलाम्पाकी मगर , इन्डिजिनियस मिडियाका सम्पादक कुमार यात्रु , साप्ताहिक स्टार एक्प्रेसका सम्पदक / प्रकाशक प्रवणि जोशी ,

‘ रे ‘टेलिभिजनका समचारबाचक श्याम राना मगर , नेपाल मामलाका सम्पदक चन्द्र मादेन लिम्बु , बगैचा डटकमका पत्रकार , शिक्षिका पबित्रा राना मगर ,नेपाल मगर चलचित्र कर्मी संङका अध्यक्ष भिम राना मगर , नेपाल अनुग्रह बिकाश नेपालका उपाध्यक्ष एबं नेपाल राष्ट्रिय हेण्डबल खेलाडी सम्भु जर्गा मगर , राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व केन्द्रीय सदस्यदय जगन किराँत , प्रताप नाछिरिं राई , शुरेन्द्र थापा मगर अथिति लगाएत करिब १३० बडि खपाङ्गीका शुभचिन्तकहरू उपस्थित थिए ।

गोरेबहादुर खपाङ्गी फाउन्डेशनको संस्थापक सचिव भावेश भुमरी जाे विगत साढे तीन दशकदेखि नेपाली साहित्य सिर्जनामा क्रियाशिल लोकप्रिय साहित्यकार, सुरप्रभा पोस्ट डटकममा सम्पादक तथा प्रकाशक भावेश भुमरी जो भावलिपि कृतिमा यसपालि नेपालको प्रतिष्ठित मनदन पुरस्कार २०८० को श्रेष्ठत्तर पाँचभित्र पर्नुभएको छ । उहाँलाई मदन पुरस्कारका लागि गोरेबहादुर खपाङ्गी फाउन्डेशन हार्दिक शुभकामना व्यक्त गर्दछ ।

स्मृति सभा उद्घाटन प्रमुख अतिथि उपसभामुख राना मगरले पानसमा दीप प्रज्ज्वलन गरी गसदस्क थिए । स्मृति कार्यक्रममा दिवंगत खपाङ्गीको स्मृतिमा १ मिनेट मौनधारण गरेकाे थियाे । पहिलाे संविधान सभाका कान्छा सभासद महर्जनले नेपालकाे संविधान, २०७२ मा समावेशी, समानुपातिक, आरक्षण, उत्पिडित जातिकाे अधिकार एजेन्डाहरू समेटेकाे बताए ।

यी बिचारहरू वास्तवमा महान विचारक गोरे बहादुर. खपाङ्गीकाे भएको बताए । स्मृति कार्यक्रममा दुईजना भिक्षुहरु मेघङ्कर स्थविर र गरुको स्थविरलाई फाउन्डेसनका अध्यक्ष हुम पचभैया थापा मगर र स्वर्गीय खपाङ्गीका छोरा शिलाजित खपाङ्गि मगर, छाेरिहरू चारू खपाङ्गि मगर र सिरू खपाङ्गि मगरहरूले सामुहिक रूपमा चिवर दान गरेका थिए ।

भिक्षुद्वहरूले खपाङ्गिकाे परिवारलाई पुन्यानुमाेदन गरेका थिए । फाउण्डेशनका सचिव खड्ग सरु मगरद्वार चञ्चालित कार्यक्रममा स्वागत मन्तव्य फाउन्डेसनका सदस्य पूर्ण बहादुर राना मगरले गरेका थिए । साे स्मृति कार्यक्रममा फाउण्डेशनका कार्यकारी संस्थापक सदस्य डा.बिष्णु सिंजाली मगरलाई विद्यावारिधि गरेकाेमा सम्मानपत्रले सम्म्मान गरिएको थियो ।

उपसभामुख ईन्दिरा राना मगर
पूर्ण बहादुर राना मगर / स्वागत मन्तब्यकाे क्रममा दम्दार मन्तब्य दिदै

6 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %