पूर्ण बहादुर राना
काठमाणडाै , २०८१ भदाै ८ गते ।नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समितिकाे दाेश्राे अधिवेशन किमानसिं थापा मगरकाे सभाध्यक्षता र नेपाल मगर संघ केन्द्रीय समितिका पुर्व महासचिव एवं माननीय सांसद सुरेश आले मगरकाे प्रमुख आतिथ्यतामा बिजि ब्याङक्वेट नयाँ बसपार्क गाेंगबु काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झबिन्द्र पुन मगर, उपाध्यक्ष झलक थापा मगर, सचिव बुद्धिमाया पुन मगर उपस्थित थिए ।

भने अन्य विशिष्ट अतिथिमा नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघका केन्द्रीय समितिका अध्यक्ष एवं गाेरे बहादुर खपाङ्गि फाउन्डेसनका अध्यक्ष हुम थापा पचभैया मगर र नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव चन्द्रज्याेति थापा मगर र मगरात संघर्ष समितिका अध्यक्ष राम मगर उपस्थित थिए ।

अतिथिमा नेपाल मगर संघ तनहुँ जिल्ला समितिका पुर्वअध्यक्ष नानुमाया थापा मगर र नेपाल मगर संघ स्याङ्जा-काठमाडौं सम्पर्क समितिका अध्यक्ष ओम बहादुर थापा मगर उपस्थित थिए ।

नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका संगठन विभाग प्रमुख झलक थापा मगर निर्वाचन संयाेजक र निर्वाचन समिति सदस्यद्वय बुद्धिमाया पुन मगर र नारायण थापा मगर रहेकाे निर्वाचन मण्डलले हर्क बहादुर थापा मगरकाे अध्यक्षतामा १९ सदस्यीय नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समिति निर्वाचित गरिदिएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरू निम्न बमाेजिम रहेका छन् ।
१) अध्यक्ष : हर्क बहादुर थापा मगर
२) उपाध्यक्ष : केशर थापा मगर
३) उपाध्यक्ष : हाेम बहादुर थापा मगर
४) उपाध्यक्ष : पद्मा थापा मगर
५) सचिव : पूर्ण बहादुर राना मगर
६) सह-सचिव: डम्बर बहादुर थापा मगर
७) काेषाध्यक्ष : सुर्यमणि गर्जा मगर
८) सह-काेषाध्यक्ष : रन्जिता थापा मगर
९) सदस्य : जंग बहादुर आले मगर
१०) ,, : साेम थापा मगर
११) ,, : मन बहादुर थापा मगर
१२) ,, : चाेक बहादुर थापा मगर
१३) ,, : पदम बहादुर थापा मगर
१४) ,, : कुमार राना मगर
१५) ,, : डिल माया आले मगर
१६) ,, : मिश्र कुमारी थापा मगर
१७) ,, : रूपा राना मगर
१८) ,, : साेनी थापा मगर
१९) ,, : दिल माया आले मगर













