स्व.नेता खपाङ्गीको आठौ स्मृति भदौ एघारमा

Read Time:2 Minute, 37 Second

राज्यसत्ता
काठमाण्डौ ,भदौ ८ गते । स्व.नेता गोरे बहादुर खपाङ्गीको आठौ स्मृति सभा २०८१ भदौ ११ गते मङ्गलबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हल कमलादीमा हुने भएको छ । प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना मगरको प्रमुख अतिथ्यिमा आठौ स्मृति सभा हुन लागेको गोरे बहादुर खपाङ्गी फाउण्डेशनका कोषाध्यक्ष चन्द्र बहादुर थापामगरले राज्यसत्ता लाई जानकारी दिए ।


नेपालको सन्दर्भमा सामाजिक क्रन्तिको नायक युगपुरुष नेता खपाङ्गीको २०७० बैशाख १२ गते रहस्यमय मोटरबाईक घटनामा परि लामो उपचार पछि २०७३ साल भाद्र ११ गते तदनुसार २७ अगष्ट २०१६ का दिन काठमाण्डौको बाँसबारीस्थित न्यूरो हस्पिटलमा उपचारत अवस्थामा दुःखद् निधन भएको थियो ।
३० असार २०७२ तदनुसार १५ जुलाई २०१५ को दिन मिग मिडिया प्रा. लि. द्वारा सञ्चालित राज्यसत्ता डटकमका अध्यक्ष एवम् नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी सङ्घका केन्द्रीय अध्यक्ष हुमबहादुर थापामगरको अध्यक्षतामा सुन्धारास्थित न्यु क्यास्टल होटलमा विषेश भेला सम्पन्न भयो । नेता खपाङ्गीको आदर्श, सिद्धान्त र विचारलाई जनताको मनमस्तिकमा जीवन्त रूपले राख्नुपर्छ भन्ने दूरगामी सोचबाट अभिप्रेरित भई सो भेलाले थापाकै नेतृत्वमा गोरेबहादुर खपाङ्गी फाउण्डेशन स्थापना गर्यो ।

२८ मङ्सिर २०७२ तदनुसार १४ डिसेम्बर २०१५ मा नेता खपाङ्गीका विषयमा विभिन्न कार्य गर्ने उद्देश्य राखी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गोरेबहादुर खपाङ्गी फाउण्डेशन विधिवत रूपमा दर्ता भयो । यस संस्थाले त्यस कार्यालयबाट दर्ता नं. ३८४ कायम गरेदेखि नेता खपाङ्गीसमबन्धी विभिन्न अभियानका साथै रचनात्मक रूपले बौद्धिक कार्यहरू गर्दै आएको छ ।

5 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %