साहित्यकार हरि सिवाकोटीको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ क्यानडा गठन भएको छ । महासङ्घको उपाध्यक्षमा सपना गौतम, सचिव सुभाष दुतरा र कोषाध्यक्ष कल्पना अवस्थी रहेका छन् । नवगठित समितिको सदस्यहरुमा सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यमा गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्ति गौतम, कुसुम ज्ञवाली, कमल थपलिया, भिमादी याक्थुम्बा र अनिता रसाइली रहेका छन् ।
महासङ्घ शाखाका सल्लाहकारमा एनआरएन क्यानडा, एनसिसिएस क्यानडा, एनजेएसी क्यानडा, नेवा गुठी क्यानडाका अध्यक्ष तथा डा. तुलसी धरेल गोविन्दिसंह, रावत राजकुमार राई, ईश्वर थापा र राधा बस्नेत रहेका छन् ।