मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिएको सम्बन्धमा ।

Read Time:5 Minute, 39 Second

 मितिः २०८१/०४/२९

नेपाल संवत् ११४४ गुँलाथ्व, 9 मंगलबार

वि.सं. २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा 34 पद रिक्त रहेको जानकारी आयोगमा प्राप्त हुन आएको छ। स्थानीय तह निर्वाचन ऐन, 2073 बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ। गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ।

यस सन्दर्भमा निर्वाचनको लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन, 2073 को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। तसर्थ नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ।

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ। तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ। 

देहाय

क्र.सं.प्रदेशजिल्लारिक्त पदस्थानीय तहको नामवडा नं.
1कोशीझापावडा अध्यक्षकन्काई नगरपालिका
2मोरङअध्यक्षग्रामथान गाउँपालिका
3तेह्रथुमवडा अध्यक्षलालीगुराँस नगरपालिका8
4सुनसरीवडा अध्यक्षगढी गाउँपालिका
5ओखलढुंगावडा अध्यक्षमोलुङ गाउँपालिका
6उदयपुरवडा अध्यक्षत्रियुगा नगरपालिका१२
7वडा अध्यक्षवेलका नगरपालिका
8मधेशसप्तरीवडा अध्यक्षडाक्नेश्वरी नगरपालिका
9रौतहट़वडा अध्यक्षइशनाथ नगरपलिका
10वडा अध्यक्षराजपुर नगरपालिका
11वडा अध्यक्षगढिमाई नगरपालिका
12वागमतीदोलखाउपाध्यक्षगौरीशंकर गाउँपालिका –
13काठमाडौप्रमुखकीर्तिपुर नगरपालिका –
14वडा अध्यक्षकीर्तिपुर नगरपालिका1
15वडा अध्यक्षकीर्तिपुर नगरपालिका
16वडा अध्यक्षकाठमाडौं महानगरपालिका१६
17नुवाकोटवडा अध्यक्षककनी गाउँपालिका
18मकवानपुरवडा अध्यक्षहेटौडा उपमहानगरपालिका१२
19गण्डकीगोरखावडा अध्यक्षगोरखा नगरपालिका
20लुम्बिनीगुल्मीवडा अध्यक्षमुसिकोट नगरपालिका
21रोल्पावडा अध्यक्षरून्टिगढी गाउँपालिका
22बर्दियावडा अध्यक्षठाकुरबाबा नगरपालिका
23कर्णालीदैलेखअध्यक्षमहाबु गाउँपालिका
24वडा अध्यक्षदुल्लु नगरपालिका१३
25कालिकोटवडा अध्यक्षतिलागुफा नगरपालिका
26जाजरकोटउपप्रमुखनलगाड नगरपालिका
27वडा अध्यक्षकुशे गाउँपालिका
28डोल्पावडा अध्यक्षत्रिपुरासुन्दरी नगरपालिका
29रुकुम पश्चिमवडा अध्यक्षसानीभेरी गाउँपालिका
30सुदूरपश्चिमबाजुराउपाध्यक्षस्वामीकार्तिक खापर गाउँपालिका –
31बझाङवडा अध्यक्षसुर्मा गाउँपालिका
32डोटीवडा अध्यक्षपुर्वीचौकी गाउँपालिका
33दार्चुलावडा अध्यक्षदुहुँ गाउँपालिका
34कञ्चनपुरवडा अध्यक्षभिमदत्त नगरपालिका

                                                    रघुराम विष्ट

सहसचिव एवम् प्रवक्ता

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %