डा. अनिला झा

विगतको वर्ष झै यस वर्षमा पनि असारको झरीसंगै माध्यामिक शिक्षा (एसईई) परीक्षाफल प्रकाशित भएको छ। यस वर्षको एसईईको परिक्षाफल राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशित गरेको थियो। परीक्षामा सम्मिलित भएको ४,६४,७८५ परिक्षार्थीहरु मध्ये झन्डै ५२.१३ प्रतिशत विद्यार्थीहरुले ननग्रेडेडको भिल्ला बोक्नु परेको छ। उनीहरुले कक्षा ११ मा भर्ना हुन अयोग्य भएका छन्। उनीहरुलाई योे असफलता हुनको कारणहरु के के हुन सक्छ र को को निकायहरु जिम्मेबार भन्ने बिषय सबैका लागि चासोको कुरा हो। यो एक अनुसन्धानका लागि महत्वपूर्ण विषय पनि हो।
विगत दुई तीन वर्षको एस्ईई को परिक्षाफलको पुनरावलोकनमा यस वर्ष भन्दा विगतको वर्षहरुमा जति नै कम ग्रेड प्राप्त गरे पनि कक्षा ११ मा विषयअनुसार सहजै भर्ना भई उच्चशिक्षामा अध्ययन गर्ने अवसर पाइएको थियो। अनि अभिभावक पनि खुशी र विद्यार्थीहरुको यति धेरै तनाव थिएन । विद्यार्थीहरु र शिक्षकको दिमागमा थोरै ग्रेड ल्याएका विद्यार्थीहरुले पनि कक्षा ११ मा विषय अनुसार भर्ना हुन पाउछन् भन्ने छाप बसेको थियो। अझ कोरोनाको बर्षलाई सम्झिने हो विरलै नन्ग्रेडेड भएको थियो किनभने प्रविधिमय अनलाइनको सिकाईको कारण थियो । तर यसपाली परिक्षाफलको नतिजाले भिन्नै किसिमको परिणाम आयो। अधिक भन्दा अधिक विद्यार्थीहरले नन्ग्रेडेड भोग्नु पर्यो। यस विषयमा मन्थन गर्नुको लागि एक दुर्गम जिल्लाको गाउँपालिकाको मेयरसंग छलफल गरियो। विभिन्न सामुदायिक स्कुलको प्र.अ.हरुले पनि अन्तरक्रिया कार्यक्रममा आफ्नो आफ्नो राय सुझाब व्यक्त गर्नु भएको थियो। नन्ग्रेडेड आउनु प्रमुख कारण सवभन्दा वढि जिम्मेबारी शिक्षक नै हुन एक प्रधानाध्यापकको भनाई थियो । अर्को एकजना शिक्षकले भन्नुभयो “हामी शिक्षक मात्र जिम्मेबार होइन। यसको जिम्मेबारी अभिभावक पनि हुन किनभने ग्रामीण भेगमा अभिभावकले एकदम थोरै मात्रा आफ्नो छोराछोरीको पढाई सम्वन्धि चासो देखाउने गरेको छ। र क्ल्यास वर्क र होमवर्कको पनि तालमेल नमिलेको भन्ने देखियो । यसकारण अव हामी एक आपसमा दोष थुपार्नु सत्ता अव कसरी अगाडी बढ्ने विषयमा बढी केन्द्रीत हनु जरुरी देखियो।
केही दिन अगाडी मात्र नेपाल सरकारको शिक्षा तथा विज्ञान प्रविधि मन्ञालयबाट ह्वीप जारी गरेको छ। सबै विषयमा नन्ग्रेडेड आउने विद्यार्थीहरु पनि आउदो पुरक परीक्षामा सहभागि हुन पाउनेछन्। तर विदम्वना यसको तयारी कसले गर्ने र कसरी गर्ने भन्ने कुरा अन्योलको विषय बनेको छ। हुन त धेरैजसो विद्यार्थीको विज्ञान, अग्रेजी र गणित विषयमा नन्ग्रेडेड आएको छ। केही विद्यार्थीहरुको सातै वटा विषयमा पनि नन्ग्रेडेड छ। अव कसरी छोटो समयमा छोटो गोरेटोबाट आउदो पुरक परिक्षामा सहभागी गराउने भन्ने विषय पनि एकदम ठुलो चुनौति देखिएको सर्वविदितै छ।
यही विषयमा केही प्रधानाध्यापकहरुसंगको छलफलमा एकजना प्रधानाध्यापकको भनाई रह्यो “अव एकमहिना एकदम कडासंग नियमित पढाउने। अनि प्रश्नपत्रको आधारमा अभ्यासहरु गराउने। यो पनि ठिकै होला केही हदसम्म। तर दिर्घकालिन समस्याको समाधान पटक्कै होइन।”
यही सन्दभर्मा काठमाण्डौको केहि विश्वविद्यालयहरुले कोचिङ कक्षाको व्यवस्थाको लागि बिगुल नफुकेको पनि होइन। त्यसैगरी शिक्षा मन्त्रालयबाट पनि उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुलार्इृ पनि सहयोग गर्नुको लागि अनुरोध पनि गरि सकेको छ। हुन त यो पनि केही हदसम्म प्रभावकारीमुलक पनि हुन्छ होला । तर एक महिनामा कस्तो क्यापसुल विद्यार्थीहरुलाई खुवाउने र त्यस विश्वबिद्यालयबाट परिचालन गरिएका शिक्षकहरुबाट कसरी अपेक्षा गर्ने आधार कसरी बनाउने भन्ने प्रश्न खडा भएको छ। हुन त त्यस विश्वविद्यालयका उत्पादित जनशक्ति अब्बल नै छन होला तर आफु अब्बल भयो भन्दैमा छोटो गोरेटोबाट पनि आउदै गरेको विद्यार्थीहरुबाट सहजै सफलताको अपेक्षा पनि कसरी गराउन सकिन्छ भन्ने विषयमा पनि ठुलो प्रश्न चिन्ह छ।
समाधानका उपायहरु
परीक्षाफलको नतिजामा राम्रो ग्रेड प्राप्त गर्नुको लागि साधारणयता दुई किसिमको उपायहरुको आवश्यक हुन्छ। पहिलो आमुल परिमार्जनयुक्त प्रकृति नै प्रमुख देखियो। यो जग देखि निर्माण गनुृ जरुरी छ। भनिन्छ एउटा घर निर्माण गर्नु पर्यो भने पहिला जग बलियो बनाउनु पर्छ अनि मात्र घर बलियो हुन्छ। यसै गरी शिक्षकहरुले पहिला विद्यार्थीहरुको जग नै बलियो बनाउनु जरुरी छ। पहिलो योजना दिर्घकालीन योजनामो लागि एकजना दार्शनिक जोन दिवे भन्नु भएको जस्तो प्रोग्रेसिभ योजना निर्माण गर्नुृ जरुरी देखिन्छ। प्रोग्रेसिभ भनेको के हो भने पहिला भईरहेको अभ्यासलाई परिणाममुखी बनाउदै परिमार्जन गर्नु हो। यस सन्दर्भमा एक शैक्षिक वर्षमा कति दिन रेगुलर कक्षा सञ्चालन हुन्छ भन्दा जम्मा लगभग १८० दिन अनि पाठ्यपुस्तकमा लगभग १५ देखि वढिमा २० वटा र जम्मा सात पाठ्यपुस्तक को सात पिरियड हुन्छ। प्रत्येक कक्षा ४० देखि ४५ मिनेटको हुन्छ। अलिकति विष्लेषण गर्ने हो भने एउटा विषयलाई ९० मिनेट, पहिलो ४० मिनेट शिक्षकले सिकाउने अनि १० मिनेट ब्रेक दिने अनि पछिल्लो ४० मिनेट विद्यार्थीहरुलाई अभ्यास गराउने र त्यही परिबेशसंग बुभाmउदै जाने पहिलो दिन ४ विषयको कक्षा चलाउने अनि दोस्रो दिन बाकी ३ विषयको कक्षा सञ्चालन गर्ने यसो गर्दा विद्यार्थी कक्षाकोठामा नै आफुलाई मेहनत र परिश्रम दिन सकिन्छ। र शिक्षकले पनि आफ्नो विद्यार्थीको कमजोरी पत्ता लगाउन सकिन्छ । यो प्रकृति कक्षा सात देखि नियमित गर्दा एस् ई ई को जग बलियो बनाउन मदत मिल्छ। किनभने जब जग बलियो अनि नियमित सुधार गर्नु सकिन्छ। यस किसिमको प्रकृयाले विद्यार्थीहरुमा साथीहरुसंगै हुदाँ समन्वनात्मक र अन्तरक्रियात्मक सिकाईको पनि विकास हुन्छ। एक आपसमा विद्यार्थीहरुको शैक्षिक तथा व्यावहारिक ज्ञान पनि प्राप्त गर्न सकिन्छ।
दोस्रो उपाय भनेको शिक्षकले नै राम्रोसंग अध्ययन गर्नु पर्छ हुन त अहिलेको सवै शिक्षकहरुलाई यउटै टोकरीमा राख्नु पनि उचित होइन । पाठ्क्रमलाई आधार मानेर सम्वन्धित परिबेशलाई समाहित गर्दै सिकाउन सकिन्छ । र विभिन्न किसिमको स्थानिय ज्ञानलाई उजागर गदै जान पनि सकिन्छ । त्यसैगरी माथिल्लो निकाय पालिकाबाट, शैक्षिक समन्वय केन्द्रबाट पनि महिनामा एकचोटि समीक्षा बैठक गर्ने र समस्या र समाधानलाई अद्यावधिक गर्ने। यसै गरी प्रन्येक महिनामा पालिकाबाट कक्षामा पढाई र सिकाई अनुगमन गर्ने हो भने केही दिर्घकालिन सुधारको अपेक्षा पनि राख्न सकिन्छ।
सबै विद्यालयहरुलाई एकै टोकरीमा राख्नु पनि मिल्दैन। केही विद्यालयको विद्यार्थीहरु अब्बल पनि छन् । फलामे द्वार पार गर्न र गराउन सरोकारवालाहरुले एकजुट भएर जिम्मेबारी लिनु जरुरी देखिन्छ।
(समाप्त)
(डा.अनिला झा सामाजिक शास्त्र तथा शिक्षा संकाय नेपाल खुल्ला विश्वविद्यालयमा प्रध्यापन गर्नु हुन्छ)