काठमाडौँ २ कात्तिक
संविधान लेखनका क्रममा देखिएका विवादित विषयको टुङ्गो लगाउन गठित राजनीतिक दलका शीर्ष नेताहरु रहेको कार्यदलको आजको बैठकले राज्यको शासकीयस्वरुप निर्धारणसम्बन्धी विभिन्न ९ वटा बुँदामा सहमति गरेको छ ।
कार्यदलका संयोजक तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा शासकीयस्वरुप सम्बन्धमा देखिएका ११ वटा विवादित बुँदामध्ये शासन प्रणाली र निर्वाचन प्रणालीसम्बन्धी मुख्य विषयमा भने छलफलमा प्रवेश भएन ।
बैठकमा सहभागी कार्यदलका सदस्य एवम् नेपाल लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष प्रेमबहादुर सिंहका अनुसार प्रदेशका जनप्रतिनिधिलाई सङ्कटकाल लगाउन अधिकार नदिने सहमति भएको छ ।
प्रदेशहरुको विभाजनपछि जिल्ला राख्ने कि नराख्ने भन्ने विषययलाई राज्य पुनर्संरचनासम्बन्धी छलफलपछि टुङ्गो लगाउने सहमति भएको छ भने स्थानीय सरकारले अलगअलग रुपमा न्यायिकलगायत अन्य निकायहरु सञ्चालन गर्ने सहमति पनि भएको छ । बैठकमा भएका अन्य बुँदाका समहतिबारे विस्तृत जानकारी दिइएको छैन ।
संविधानसभामा रहेका दलहरुको बैठकले संविधान लेखनका विवादित दुईसयभन्दा बढी विषयमा सहमति गर्न प्रमुख दल र अन्य साना दलका गरी सात सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलललाई यही कात्तिक ७ गतेसम्म प्रतिवेदन बुझाउन जिम्मा दिइएको छ । कार्यदलको अर्काे बैठक र्काित्तक ४ गते दिउँसो ३ः०० बजे बस्नेछ भने सहयोगी (दोस्रोस्तरका) नेताहरुको बैठक कात्तिक ३ गते दिउँसो १ः०० बजे बस्नेछ ।
रासस