प्रेम किशोर अर्याल वैंकर्स क्लव अफ वालिङको अध्यक्षमा सर्वसम्मत

Read Time:2 Minute, 59 Second

स्याङ्जा –११ साउन। स्याङ्जाको वालिङमा रहेका वैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीको क्लव वालिङ वैंकर्स क्लवको शुक्रवार आयोजना गरिएको विशेष साधारणसभावाट गरिमा विकास बैंक वालिङका शाखा प्रमुख प्रेमकिशोर अर्याल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।


यस अघि पहिलो अधिवेशनवाट नेपाल इन्भेष्टमेन्ट मेगा वैंकका शाखा प्रमुख उज्वल श्रेष्ठ अध्यक्ष थिए । श्रेष्ठको सरुवा भएपछि क्लवको काममा निरन्तरता दिन विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन भएको क्लवका उपाध्यक्ष दीपक काफ्लेले जानकारी दिए । यसैगरी उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ भने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।
सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहेका छन् । सदस्यहरु वालिङ नगरपालिका भित्रका (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तिय संस्थाका शाखा प्रमुख रहने व्यवस्था रहेको बैकर्स क्लवका पुर्व अध्यक्ष उज्जल श्रेष्ठले जानकारी दिए । यो क्लवमा बैंकका शाखा प्रमुखहरु मात्रै साधरण सदस्य बन्न पाउने व्यवस्था गरिएको छ ।
जिल्लाकै मध्यभागमा रहेको वालिङ नगरपालिका बैंकहरुको हवका रुपमा परिचित छ । अहिले सम्म (क), (ख) र (ग) वर्गका बैंकका २३ वटा शाखा रहेका छन् । क्लवले बैंकको सेवा सुविधा देखी सबै बैंकहरु बिचको समन्वयको भुमिका खेल्ने छ भने सामाजिक उत्तरदायीत्वमा काम गर्दै बैंक वित्तिय सचेतना कार्यक्रम संचालन गर्ने उदेश्य रहेको क्लवका नवनिर्वाचित अध्यक्ष प्रेमनारायण अर्यालले बताए । बैंक—बैंकको समन्वय नहुँदा सेवाग्राहीमा पर्ने असुविधालाई सुविधामा जोड्ने गरी काम गर्ने अध्यक्ष अर्यालले बताए ।
साधारणसभामा वालिङ नगरपालिका भित्र रहेका वैक तथा वित्तिय संस्थाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । वैक र सेवाग्राही दुवैको हितमा नयाँ कार्यसमितीले काम गर्ने क्लवले जनाएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %