“कउराहा” काे प्रष्ट अर्थ

Read Time:1 Minute, 33 Second

२०८१ श्रावण १०/ पूर्ण बहादुर राना

“कउराहा” काे प्रष्ट अर्थ हुन्छ(१) कउ+राहा= थप(हाल)+आयाे= हाल वा थप आयाे हुन्छ ।(२) गउ+राहा= पिउ+आयाे= थप्न आयाे पिउ भन्ने हुन्छ ।(३) “काैरा” लेखेपनि मगरहरूले “काैराहा” भनेर नै उच्चारण(Articulation) गर्ने गर्छन् ।

कउराहा अर्थात काैराहा नचाउँदा खानपिन अनिवार्य हुन्छ । कतै खाना नभए पनि “ङेर जुठा जाट्के”(खालि मुख नगर्ने) भनेर पिउने दिन्छ । त्यसैले पिउने कुरा अनिवार्य हुन्छ ।

तरुनी(बिहे नगरेका केटी)हरूले चिठि काटेर वा निम्ताे गरेर नचाउन गएकाे कउराहा नाचमा प्रत्येक नचाउने तन्नेरीहरूकाे भागमा जाँडरक्सी वा दुधदहि, राेटि र मासु अनिवार्य हुन्छ । तरुनी केटिहरूले तन्नेरीहरूलाई जाँडरक्सी पटकपटक थप्न आउँछ । साथिलाई थप(हाल) आयाेबाट कउराहा बनेकाे हाे ।

अर्काे अर्थमा
कानुङ +ओहोराङ बाट कानुङ ओहोराङ स्याह हुँदै काओहोरा स्याह र पछि काओहोरा भयाे । जहाँ कानुङ भनेकाे हाम्राे । ओहाेराङ भनेकाे भाेज हुन्छ । अनि परिवर्तन हुँदै कौहोरा भयाे र पछि कौऱ्हा वा काऱ्ह़्वा भयाे ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %