२०८१ श्रावण ४/पूर्ण बहादुर राना
राेधि शब्द गुरूङ शब्द हाे भन्ने विश्लेषण तर्कसंगत छ । राेधिलाई मगर भाषामा राेडी भनिन्छ । मगर भाषामा राेडीकाे विसन्धि रूप राे+डी हुन्छ । जसमा “राे” काे अर्थ “माया” र “डी” काे अर्थ “पानी” भन्ने हुन्छ । अर्थात माया गरेर पानी दिएकाे भन्ने हुन्छ । हुनपनि मगर रेन्झा(तन्नेरी) हरू राेडी घरमा लामाे बाटाे हिंडेर जाँदा तिर्खा लागेर मगरनी आरनाम(तरुनी)हरूसँग पानी मागेर खान्छन् । कतिपय अवस्थामा मगर तन्नेरीहरूले तिर्खा नलाग्दा नलाग्दै पनि तरूनिसँग बाेल्न, जिस्कन र अनुहार हेर्ने निहुँले पानी पिउन माग्छन् । अनि केटीले पानी दिंदा लजाउने गर्छ । मुखमा लर्फु(मजेत्राे) ओढेर दिने गर्छ ।
राेडीकाे अर्काे अर्थ रूङ्डी हुन्छ । रूङ्डीमा दुईवटा शब्द छन् रूङ+डी । जहाँ रूङकाे अर्थ पर्खेकाे र डीकाे अर्थ पानी हुन्छ । हुनपनि राेडीघरमा तरुनी केटीहरूले तन्नेरी केटाहरू आउलान् । गफ लगाउलान् । नाचगान गर्लान् । अनि तिर्खा लाग्लान भनेर गाग्री,लाेटा, पानीखाने भाँडाहरू र जगहरू माझेर राख्छन् । पानी पिउन मागे भने सफा भाँडाेमा दिउँला भनी रूङेर वा कुरेर वा फर्खेर बस्छन् । यसरी पानी दिन भनेर पर्खेर बस्नुलाई मगर भाषामा रूङ्डी भनिन्छ । रूङ्डी भन्दाभन्दै राेडी भएको हाे ।
राेडीकाे अर्काे अर्थ रुँडीबाट रुडी हुँदै रोडी भएको हाे । मगरहरूले राेडी हाल्ने भन्दा रुडी काके भन्छन् । राेडी बस्ने भन्दा “रुडी ङुके” भन्छन् । यहाँ रूडीकाे अर्थ रूङ्डीबाट आएकाे हाे । रूङ्डीकाे एउटा अर्थ कसैलाई पर्खेर पानी दिनु भन्ने हुन्छ । भने रूङ्डी वा रूँडीकाे अर्काे अर्थ भेला, जमघट, सभा, सम्मेलन, सम्मिलन, गुप्तगु, कानेखुशी, बार्ता, बार्तालाप आदि आदि हुन्छ ।

राेधि सँस्कारकाे प्रचलन मगर र गुरूङ दुवै समुदायमा छ । स्वयं म आफू राेडी हिंडेर हुर्केको व्यक्ति हुँ । मेराे गाउँमा गुरूङ समुदायहरू छैनन् । मेराे गाउँ वरिपरि चारैतिर ५/६ घण्टाकाे बाटाेसम्म गुरूङ समुदाय छैन । त्यतिबेला मलाई राेधि गुरूङकाे शब्द हाे भन्ने थाहा थिएन । अहिले पनि टिपिकल मगर गाउँमा गयाे भने राेडी जाने चलन अद्यावधिक छँदैछ । याे राेडी जाने चलन नत मगरले गुरूङकाे नक्कल गरेकाे हाे नत गुरूङले मगरकाे नक्कल गरेकाे हाे ।

वास्तवमा प्रेम विवाह(Love marriage) राेधि वा राेडी सँस्कार(Rodi Culture) बाट सुरू भएको हाे । याे भागि वा प्रेम विवाह गुरूङ र मगर समुदायमा प्रचलनमा थियाे । अहिले यस विहेकाे प्रचलन सबै जातीय समुदायमा पाईन्छ । यसमा हामीले गर्व गर्नुपर्छ ।

हामी मगरहरू राेडी जाँदा केटिकाे घरमा जाने चलन छ । दिनभरिकाे उकालि ओरालि र गाउँबेसिमा कामले थकित मुद्रालाई रिफ्रेस गर्न हामी राेडी जाने गर्दछाैं । राेडीमा जाँदा रङ्ग वा नाच्न गाउने कला भएकाहरू समयअनुसार काैराहा नचाउने भए खैंजडि लिएर जान्छन् ।

हिंउँदकाे समयमा झामरे वा सालैज्याे गाउन नचाउनकाे लागि मादल बजाउँछन् । मादल बरू राेडिघरमै हुन्छ । जाँगर हुने राेडि नजिक घर भएका कतिपय बुढापाकाहरू नाम्लाे, दाम्लाे, काम्लाे बुन्छन्, डाेकाे बुन्ने वा चाेया काढ्ने काम गर्छन् । भने केटिहरू चकटि, ढकिया बुन्छन् । दिनभरिकाे सुखदुःखकाे कुरा गर्छन् ।

तरुनी तन्नेरीहरू माया प्रेमका कुरा गर्छन् । मन परापर भए पटकपटकको राेधि बस्दा बस्दै विवाह पनि हुन्छ । घरकाे पिंढिमा बाबा आमाहरू सुतिरहेकाे हुन्छन् । केटाकेटी दुरि मेन्टेन गरि चाेखाे माया पिरतिका कुरा गरिरहेकाे हुन्छन् । नाचगान गरिरहेका हुन्छन् । प्राय: राेधि जाँदा केटिहरू पनि समुहमा हुन्छन् भने केटाहरू पनि समुहमै हुन्छन् ।

समूह समुहमा भएको बेला टचिङ, किसिङ भन्ने आजकालकाे जस्ताे अवस्था हुँदैनथ्यो । तर आजभाेलि त राेधिँ चाैरचाैर, मन्दिर मन्दिर, पार्क बनजंगलमा युगल केटाकेटी बिच जाेडि जाेडि भएर बस्छन् । याे राेधि सँस्कार नभई विकृति हाे । u

आजभाेलि राेधिमा ग्याल्मर मिसिएको हाेला । आजकल राेडीघर वा राेधिघरमा बच्चा बाेकेर बिहे भयाेरे भन्ने घटना सुन्न पाईन्छ । राेधिघर पहिलेपहिले त राेधिमा केटाहरू गएर आँगनमा राेधि हाल्ने भनेर टहरा बनाउँथे । सित, पानी र घाम छेल्ने गर्दथ्याे ।
अब कुराे रह्याे अहिलेकाे घरज्वाँई फिल्मकाे कुराे मैले हेरेकाे छुईन ।
अब कुराे रह्याे अहिलेकाे घरज्वाँई फिल्मकाे कुराे मैले हेरेकाे छुईन । जति राम्रो हुँदाहुँदै पनि विकृति जहाँ पनि हुन्छ । सायद फिल्ममा यहि विकृति देखाउन खाेजिएकाे हाेला । बच्चा बाेक्नेलाई मगर भाषामा मिजाबुच वा टुक बुमिटा अब चाैताराङ कचहरि डाकेटा अर्थात् बच्चा बाेकाे छरे अब चाैपारिमा कचहरि राख्ने भन्थ्याे । यसरी मगर समाजमा बच्चा बाेक्दा कचहरि राख्नु भनेकाे बिहे नभएका केटिहरू वा लाेग्ने नभएका महिलाहरूले बच्चा बाेक्याे भने केरकार गर्ने चलन थियाे । केरकार गर्दा तिम्राे टाउकाे कता थियाे? कुन ठाउँमा हाे? कहिले हाे? काेसँग हाे? भनेर केर्ने चलन थियाे र छ । तर बच्चा बाेक्दानि केटाले सहर्ष स्विकार्याे भने कुनै लफडा हुँदैन थियाे । गुरूङ भाषामा यसरि बच्चा बाेक्नुलाई पाेर्के भन्ने चलन छ । यसरी बच्चा बाेक्ने कार्य राेधिमा पनि हुनसक्छ वा कहिले राेधिमा नबस्नेहरू बिच अन्य ठाउँमा पनि हुनसक्छ ।
मगर र गुरूङ बिचकाे सँस्कार मिल्ने गरेकाे छ । एउटा फरक मासुमा छ । सुँगुर खाने मगर र गुरूङ भैंसी खानेमा फरक छन् । रक्सि दुवै समुदायले खान्छन् । मगरमा त तीन थरिका मगर छन् ।
(क) तीन थरि सँस्कार भएका मगरहरू;
१) सुँगुरकाे मासु खाने र कुल पुजामा पनि चढाउनु पर्ने ।
२) भैंसिकाे मासु मात्रै खाने मगर । पुजामा राँगाे चढाउने ।
३) भेंडाकाे मासु खाने मगर र कुल पुजामा भेडा चढाउने मगर ।
(ख) काैराहा, झाबार्या/झामर्या/झामरे, सालैज्याे र घाँटु शब्दकाे अर्थ
१) “काैराहा” काे अर्थ मगर भाषामा “हाल+आयाे” भन्ने हुन्छ ।
२) “झामरे” वा “झाबर्या”काे “झा+बार्ह्या” अर्थात “माटाे मिसियाे” भन्ने हुन्छ ।
३) “सालैज्याे”काे अर्थ “सालाले खाउ” वा “सालाले खा” भन्ने हुन्छ ।
४) “घाँटु काे अर्थ “घाङ+टु” अग्लाे भएर छेकिनु वा अग्लाेलाई छेक भन्ने हुन्छ । र अर्को अर्थ घाङ+टुम अर्थात अग्लाे सिमा वा साँध वा सिमाना भन्ने हुन्छ ।
अब यिनलाई के गर्ने र के भन्ने? काैराहा, झाबर्या, सालैज्याे र घाँटु शब्दकाे शाब्दिक अर्थ मगरकाे भएकोले मगरले मात्रै नाच्ने गाउने भन्ने त । यसाे भनेत एकांकी साेच हाेला । मुर्खता हाेला । यी नाच त मगर र गुरुङले मात्रै सराबर नाच्ने हाेईन तनहुँ, नवलपरासीका कुमाल, ठकुरी, बाेटे र दराईहरूले पनि गाउँछन्, नाच्छन् र नचाउँछन् । त्यसैले भाषा वैज्ञानिक र अर्थपूर्ण रूपमा याे मगर भाषा हाे । याे गुरूङ भाषा हाे भन्नु ठिक हाे । तर घमण्ड नगराैै । अब त सालैज्याे, झामरे, काैराहा, घाँटु, राेधिँ शब्दहरू राष्ट्रिय शब्द भईसके । धातु र उत्पत्ति हेर्दा यी शब्दहरू क्रमशः काैराहा, झामरे वा झ्याउरे र घाँटु सालैज्याे मगर शब्द हुन् । तर यि त राष्ट्रिय र सबै नेपालीको साझा शब्द भईसक्याे ।
वास्तवमा गुरूङ र मगरहरू भाषिक आधारमा हेर्दा चिनी तिब्बती(Sino-Tibetan) वा भाेट बर्मेलि(Tibeto-Burman) भाषा परिवारमा पर्दछन् । यी जातिहरूकाे भाैतिक शरीर वा अनुहार पनि मिल्दछ । शरीर र स्वभाव मात्रै हाेईन यी जातिले बाेल्ने अमुर्त चिज भाषाहरू पनि मिल्दछ । किनकि हिजाे यिनिहरूकाे वंश एउटै थियाे । यिनिहरू एउटै परिवारका थिए । यिनिहरूले सुरूमा बाेल्ने भाषाहरू एउटै थियाे । अहिलेसम्म पनि तिनले बाेल्ने मूल भाषाहरू मिलेकै छन्।
भाषाहरू मिल्ने भनेकाे मगर र गुरूङ बिच मात्रै हाेईन राई, लिम्बु, तामाङ, नेवार, शेर्पा थकालिसँग पनि मिल्छ । ल अब तल उलरदहारण हेर्नुहाेस राई, लिम्बू, तामाङ, नेवार, गुरूङ, मगर, थकाली, शेर्पा, धिमाल भाषामा कसरी मिलेकाे छ । याे सल्लाह गरेर मिलेकाे पनि हाेईन ।
(ग) भाेट बर्मेलि भाषाका सजाति(Cognate) शब्दहरू हेराैं;
ईम-(ई+म्) घर मगर भाषामा
धीम -(ध+ई+म्) घर तामाङ भाषामा
धिं-(ध+ई+म्) = घर गुरूङ भाषामा
याे (धिँ शब्दमा ध+ई+र नाकेश्वर जाेडिएकाे छ । नाकेश्वर भनेकाे कि त म हुनुपर्छ कित न हुनुपर्छ कि त ङ हुनुपर्छ ।
(घ) अब तलका शब्दहरू राई, लिम्बू, मगर, गुरूङ
मि/म्हि/म्हे = आगाे
मि/मिक/मिखु= आँखा
सिं/सिङ= दाउरा भन्नाले
र/र्हा = बाख्रा
ङ/ङा= म
साेङ्लाे/साेम= तीन
सि/सिक/स्यात= जुम्रा
स्या= मासु
स्वा/स्याक= दाँत
मचा/माेचा/ माेजे= केरा
ग्याम/क्याम/घ्याम/लाम/ घ्यालाम= बाटाे
सु= काे
सुई= कसले
लुङ/ ल्हुङ= ढुङ्गा
सि/सिक/से = जुम्रा
मेखे= आन्द्रा
त्यसैले यी भाेट बर्मेलि भाषा परिवारका जातीय समुदायहरूमा भाषा, सँस्कार, धर्म, व्यवहार र अनुहार मिल्याे भनेर रिस नगराैं । डाहा नगराैं । मुर्खता र नकारात्मक घमण्ड नगराैं । कुल र मुल एउटै भएपछि भाषा, सँस्कमर, धर्म, अनुहार, व्यवहार र स्वभाव मिल्छ । त्यसैले मिलेकाेमा बरू गर्व गराैं ।