गिनिज बुक अफ वल्र्ड रेकड्समा विश्वकै होचो व्यक्तिको रुपमा कीर्तिमानी गरेका खगेन्द्र थापा मगर आफ्नो जन्म दिन मनाउन जर्मन जादैछन । विलिभ ईट अर नट कम्पनीको निमन्त्रणामा खगॆन्द्र सहित खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष र खगेन्द्रका बाबु रुपबहादुर थापा मगर सहितको ३ सदस्यीय टोली असोज २७ गते जर्मन प्रस्थान गर्ने भएका छन ।
खगेन्द्र सहितको टोली भोलि सुक्रबार बिहान ९:४५ बजे काठमाण्डौको अन्तराष्ट्रिय विमान स्थलबाट कतार एर्यरको हवाई जहाज हुदै जर्मन प्रस्थान गर्ने भएको प्रतिष्ठानले जनाएको छ ।
२६.४ ईन्च उचाई भएका खगेन्द्र यही असोज २८ गते १९ औं बर्षमा प्रबेस गर्दछन्। उनको जन्म दिन जर्मनमा विलिभ ईट अर नट कम्पनीले मनाउने भएको बताईन्छ । साथै उक्त कम्पनीको निमन्त्रणमा जर्मन जादै गरेको खगेन्द्र सहितको टोलीले एक हप्तामा कतार जर्मन प्रुान्स लगायतका राष्ट्रहरु समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उक्त कम्पनीले खगेन्द्र सहित तीन सदस्यीय टोलीलाई युरोपका ४२ राष्टहरुको मल्टीभिषा दिएको प्रतिष्ठानका अध्यक्ष रानाले बताउनु भयो । गिनिज बुक अफ दी वल्र्डमा गत असोज २८ गते देखि ८ महिना सम्म आफ्नो नाम चम्काएका खगेन्द्रको उपाधि खोसिए पनि उनलाई बिभिन्न देशहरुमा सम्मान लिन तथा भ्रमणको निमन्त्रणा भने आईरहेको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।
खगेन्द्र भन्दा होचा फिल्पिन्सका जुन्री वालविङले आफ्नो १८ बर्ष पुरा भएको अवसरमा गत जेठ १८ गते देखि गिनिज बुकमा आफ्नो नाम विश्वकै होचा मानिसको रुपमा चम्काउदै आएका छन्। बाग्लुङ धुल्लुवासकोट ६ घर भएका खगेन्द्र नेपाल सदभासना राजदुतको रुपमा समेत घोषित भएका छन्।
दिननाथ बराल \पोखरा