नवलपरासीका तीन माओवादी कार्यकर्तालाई विहार प्रहरीले आतकंकारीको आरोपमा जेल चलान गरेकोछ । २८ असोजमा विहारबाट घर फर्किरहेका नवलपरासी परसौनी ३ का कविन्द्र चौधरी, बलिराम थारु र जित बहादुर चौधरीलाई एसएसवीले पक्राउ गरि विहार प्रहरीलाई बुझाएकोथियो ।
विहार प्रहरीले उनीहरुसंग भारतीय माओवादीका पर्चा भेटिएको आरोप सहित स्थानीय कचहरीमा मुद्दा दायर गरेकोथियो । स्थानीय कचहरीले ती तीन थारु युवाहरुलाई पुर्पक्षका लाथि थुनामा राख्ने आदेश दिएको बताइएकोछ ।
विहार प्रहरीका भनाईमा ती युवाहरु भारतीय माओवादीलाई तालिम दिएर फर्किएकाथिए । तिनका साथबाट एनेकपा माओवादीसंग संलग्नता रहेको परिचयपत्र समेत बरामद गरेको बताइएकोछ ।तिनका परिवारका भनाईमा उनीहरु विहारको आफन्तको घरबाट आउदैथिए । उनीहरुलाई त्रिवेणीको गण्डक ब्यारेजबाट पक्राउ गरिएकोथियो ।नेकपा माओवादीले ति तिन युवा आफ्नो गाँउस्तरका कार्यकर्ता रहेको जनाएकोछ । उनीहरुलाई फसाइएको बताएकोछ । यससम्बन्धमा भोलि माओवादी नवलपरासीले पत्रकार सम्मेलन गर्ने जनाएकोछ ।
आतंककारीको आरोपमा तीन माओवादी कार्यकर्ता भारतीय प्रहरीको कब्जामा
Read Time:1 Minute, 37 Second