नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दशैंको नाममा भएको सरकारी खर्च तत्काल रोक्नु पर्ने माग राखी ज्ञापनपत्र पठाएको छ |
मंचको आयोजनामा अक्टोबर २ तारिख, २०११ का दिन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न “Government ‘s Expenses Including Animal Sacrifice During Dashain Festival in Nepal ” विषयक अन्तरक्रियात्मक गोलमेच बहसको कार्यक्रममा नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्बांग (बैरागी काईला)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो |
उक्त अन्तरक्रियात्मक बहसमा सहभागी सिड्नी स्थित विभिन्न नेपाली संघ – सस्थाका प्रतिनिधिहरु , समुदायका नेत्रित्वो कर्मी, संचारकर्मी तथा सम्पूर्ण सहभागीहरुले धर्म बिशेषको नामसंग जोडेर सामाजिक तथा प्राकृतिक न्यायको सिद्धान्त बिपरित हुने गरि दशैंको उपलक्षमा राज्यकोषबाट पशुबली लगायतमा हुने खर्च तत्काल रोक्न सर्ब सम्मतिले हस्ताछ्यर संग्कलन गरि नेपाल सरकारलाई पठाउने निर्णय भएनुसार नेपालको अन्तरिम संबिधान २०६३ अनुसार धर्म निरपेछ्यताको मर्म लाई आत्म साथ् गर्दै जातीय, धार्मिक र सास्कृतिक विभेद अन्त्य हुने गरि बडादशैँको अबसरमा पशुबलिका लागि राज्यकोषबाट हुने खर्च रकम तत्काल बन्द गर्नु पर्ने अपिलको गरि प्रधान मन्त्रि बाबुराम भट्टराईलाई नेपाली आदिबासी जनजाती मंचव्दारा ज्ञापन पत्र पठाईयको हो |
यस अन्तरक्रियात्मक बहसका प्रमुख अतिथि बैरागी काईलाले मुलुकमा शान्ती र समृद्धिका लागि सबै किसिमको विभेदको अन्त्य हुनुपर्ने कुरामा जोड दिनु भयको थियो भने बिशेष अतिथि नेपाल ज्यापू समाजका उपाध्यक्ष न्हुछे महर्जनले आफ्नो पहिचानमा नेपाली हुनुपर्ने कुरा उठायका थिय | यसै गरि मंचका अध्यक्ष गणेश तामांगले गत साल नेपाल सरकारले दशैंको नाममा १ अर्ब ९० करोड १० लाख खर्च भएको विवरण प्रस्तुत गरेका थियो |
यस बहसबाट निचोड निकाली नेपाल सरकारलाई ज्ञापनपत्र पठाउनु पर्छ भनि कला सस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाका अध्यक्ष जानकी पौडेलले राखेको प्रस्ताबमा उपस्थित सम्पूर्णले स्विकार गरेपछि हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने कम भएको हो |
