फुटबलका दुई महारथीको जम्का भेट

Read Time:3 Minute, 6 Second

बिश्वो कपको पछीको अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता युरो च्याम्पियनसिप २०२४,जर्मनीमा चलीरहेको छ। युरो २०२४ को क्वाटरफाइनलमा शुक्रबार फ्रान्स र पोर्चुगल एक आपसमा भिड्नेछन्,हो !यही भेट्ने छन फुटबलका अत्यन्त चर्चित खेलाडीहरु :केलियन एमबाप्पे र क्रिस्टियानो रोनाल्डो ।

अहिले , मानौ उनिहरु सुपरहिरो हुन । उनिहरुको खेलमा जादु भेटिन्छ। प्रशन्सकहरुका लागि उनीहरु एक-अर्कका प्रतिद्वोन्दी जस्तै मानिन्छन तर यथार्थमा एक अर्कका प्रशन्सक हुन। फ्रान्सका एमबाप्पे सानै देखी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई खुबै मन पराउथे ,उनका फुटबल कलाको खुब तारिफ गर्थे र एक दिन उनी जस्तै महान फुटबल खेलाडी बन्ने सपना बुन्थे ,सपना बुन्नु पर्छ भाग्य खोज्दै आउछ भने झै उनी सानै देखी फुटबलमा रुची रहेका कारण उनी त्यसप्रती प्रतिबद्द हुँदै गए र एमबाप्पेले पछिल्लो विश्वकपमा गोल्डेन बुट अवार्ड हाट पारे। अहिले विश्वकै नामुद फुट्बलर कहलिन्छन शायद अहिलेका रोनाल्डो भन्दा बढी ।
तर यी दुईमा अहमता ,घमन्ड भने छैन ।एमबाप्पेले क्वाटरफाइनलमा क्रिस्टियानो रोनाल्डोसँग खेल्न पाउनु अत्यन्त गौरव र सम्मानित भएको बताएका छन ।उनी रोनाल्डोको सधैं प्रशंसक रहेको र आदरनिय व्यतित्वो भएको बताउदै रोनान्डोलाई भेट्ने अवसर मिली उनीबाट सुझाव सल्लाह लिने गरेको बताएका छन । खेलमा हारजित जसले बेहोरे पनि रोनाल्डो फुटबलका एक “लेजेन्ड “रहेन बताउछन । ३९ बर्शिय रोनाल्डो शायद यो हफ्ता अन्तिम युरो हुने र अब नयाँ पुस्तालाई हस्तान्तरन हुने बताउछन ।तर एम्ब्यापे भने रोनाल्डो एक मात्र हुन र अरु कसैले उनको उपाधी लिन नसक्ने बताउछन ।२५ बर्शिय खेलाडी एम्ब्यापे जसले भर्खर रियल म्याड्रिडका लागि अनुबन्धित भएका छन जहाँ रोनाल्डोले ४ वटा उपाधी उचाली सकेका छन । दुई महान खेलाडीको भिडन्त शुक्रबार जर्ममनीको ह्याम्बर्ग शहरमा वोल्क्स्पर्दियम स्टेडियममा १६ :००GMT बजे हुने छ ।

अहिले दुवैलाई समस्या छ । एमबाप्पेलाई नाकमा लागेको चोटले दुःख दिइरहेको छ भने रोनाल्डो ३९ वर्षका भइसके ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %