कञ्चनपुर २ कात्तिक
कञ्चनपुरको कृष्णपुर–९ बम्जरियाका ३० वर्षीय जनकबहादुर चौधरीको बसको ठक्करबाट मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्ग सडकखण्ड कैलालीको अत्तरिया बजार नजिक धनगढीबाट आउँदै गरेको ना३ख २८३० नम्बरको बसले साइकलमा जाँदै गरेका चौधरीलाई हिजो साँझ ठक्कर दिएको हो ।
ठक्करबाट सख्त घाइते चौधरीलाई उपचारार्थ स्थानीय सेवा नर्सिङ होममा पु¥याइए पनि राति उनको मृत्यु भएको स्थानीय नरेन्द्र चौधरीले बताए । उनीसँगै रहेका रामकृष्ण चौधरीको सोही नर्सिङ होममा उपचार भइरहेको छ ।
यसै विषयलाई लिएर स्थानीय बासिन्दाले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गर्दै आज बिहान कृष्णपुरको गुलरिया नजिक तीन घन्टा यातायातका साधन अवरुद्ध पारेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारजना स्थानीयलाई नियन्त्रणमा लिई अवरुद्ध यातायात सुचारु गराएको छ ।
रासस