राज्यसत्ता
लाेकसेवामा बहुजातीय आरक्षणकाे व्यवस्था गर ।
१. शाह वंशले २३८ वर्ष वंशिय आरक्षण पाई वंशिय शासन चलाए । के अहिले दरबार मार्गमा (King`s Way) मा राउटेकाे घर छ? के दमै कामीकाे घर छ? के चेपाङ र बनकरियाकाे घर छ?
२. राणाले १०४ वर्ष जाहानिय आरक्षण पाई जाहानिय शासन चलाए । बागदरबार सिंह दरबार उनिहरूकै घर थियाे । के ती घरमा चेपाङ बस्न पायाे ईतिहासमा?
३. मुलुकि ऐन १९१० विभदकारि थियाे न्याय, शिक्षा र अवसरमा । न्यायमा जाति अनुसार सजाय हुन्थ्याे कसुर अनुसार हाेईन । शिक्षामा बाहुन, राणा र शाहाले पढ्न पाउने अन्य जातिले नपाउने कानुनि व्यवस्था थियाे। बल्ल २०२० सालबाट सबै जातिले पढ्न पाउने भनी व्यवस्था गर्याे । बाहुन, राणा, शाहा ११० वर्ष अघि देखि पढे । के ११० वर्षअघि देखि पढेकाे समाज र ११० वर्ष पछि पढेकाे समाजकाे चेतना बराबर हुन्छ ?
मानिलिनुहाेस “राम” र “श्याम” भन्ने व्यक्ति एउटै उमेर र एउटै ठाउँका हुन् । शारिरिक अवस्था एउटै थियाे । “राम” र “श्याम” भन्ने व्यक्ति ६ महिना पछि कुनै डाैड प्रतियोगिता हुँदैछ । प्रतिस्पर्धामा भाग लिँदै थियाे । तर दुर्भाग्यवश “राम” भन्ने व्यक्ति ११० दिन अर्थात् ३ महिना १० दिन लखतरान परे बेस्सरी विरामि परे । “श्याम” बिरामी छैनन् । श्याम स्वस्थ्य छन् । अनि हृष्ठपुष्ठ छन् । अब भन्नुहोस् “राम” र “श्याम” डाैड प्रतियोगितामा भाग लियाे भने कस्ले जित्ला?
अवश्य श्यामले जित्ने छन् । किनकि श्याम एक दिन पनि बिरामी भएको छैन । बेस्सरी बिरामी परेकाे रामकाे हालत के हुन्छ?
अझ एउटा दृष्टान्त हेराैं । माधव र हरि दुवैकाे जन्म मिति एउटै हाे । सँगै खेले हुर्के । उनिहरू अहिले २० वर्षे ठिटाहरू हुन् । दुवैकाे हाईट र स्वास्थ्य ठिक छ । माधवकाे अहिले घरमा परिवारकाे व्यवहार बिग्रेर अनिकाल परेकाे छ । बिहान खायाे बेलुकि के खाउँ । बेलुकी खायाे बिहान के खाउँ भएको छ । उता हरिकाे घरकाे आर्थिक अवस्था मजबुत छ । ४९ किलोमिटर पाेखराबाट दमाैलीसम्मकाे म्याराथन दाैड छ आउने बिहिवार बिहान ११ बजेबाट सुरू हुन्छ । याे म्याराथन जित्याे भने ५० लाख रूपैयाँ, प्रमाणपत्र र अबिर माला पाउने छ । माधवकाे घरमा अनिकाल परेर माधवले आईतबारदेखि पेटभरि खान खाएकाे छन् । उनले खान नखाएकाे११० घण्टा भयाे अर्थात ४ दिन १४ घण्टा भयाे । अब माधव र हरि दाैड प्रतियाेगितामा दाैडे भने कसले बाजि मार्ला? त्याे ५० लाख रूपैयाँ, अबिरमाला र प्रमाणपत्र कसले पाउला? अवश्य पनि हरिले पाउने छ ।
यसरीनै १९१० साल देखि पढेकाे बाहुन, राणा र शाह समाजले प्रगति लाेकसेवा, अन्य सेवा आयाेगमा २०२० सालदेखि पढ्न पाएका मधेसी, दलित, मुस्लिम र आदिवासीले नाम निकाल्न सक्ला । कहाँकाे १९१० देखि पढेका कहाँकाे २०२० साल अर्थात ११० वर्ष पछि पढेका समुदायमा फरक के हुन्छ?
४. मेराे गाउँमा बाहुन ठूला(ताेलनाथ पाैडेल) काे खुट्टामा ढाेग्नु पर्थ्याे मेरा बाउ बाजेहरूले। शाहका सन्तानकाे हातमा ढाेग्नु पर्थ्याे । खेतबारिमा जाेत्ने काम हामी मगरहरूकाे थियाे । गाई पाल्ने गाेबर घसेटा गर्ने काम मगरकै । दूध दुहेर बाहुन बाजेलाई लगिदिनुपर्ने । त्याे गाेबर घसेटा र भागरकर साेहाेर्ने र घाँस काट्ने मगरले दूध खान नपाउने । तर धानमकै, काेदाेताेरि र दूध दहि घिउ खाने बाहुन ठूलाहरू । के याे आरक्षण पाएकाे थिएन बाहुन ठूलाले? राम्रि तरुनी उनकै । राम्राे खेत उनकै । राम्राे बारि उनकै । जबकि बाहुन ठूलाले जाेत्नै हुँदैन थियाे । राम्राे र ठूलाे घरमा बस्नु पर्ने बाहुन ठूला । तर बिना पैसामा (मुस्किलले दिए एक मुठि मकै टाेपिमा हालि दिन्थे)मा ढुङ्गा, काठ बाेकेर घर बनाई दिनु पर्ने हामिले । बाहुन ठूलाहरूले कतिपय गैर्ह बाहुनि मगरनी र सर्किनिले बच्चा बाेकाई दिए स्याहार्नु नपर्ने । साेझाे मगर र सार्किलाई भिराई दिए पुग्ने । कस्ताे बिडम्बना! के याे आरक्षण थिएन?
५. नेपालमा ७१ पटक प्रधानमन्त्री फेरिदा(एउटै व्यक्ति ४ पटक प्रधानमन्त्रि भएकाे छ) ३८ जना प्रधानमन्त्री भए । तर किन एउटा दमैकामि वा सार्किकाे बच्चा प्रधानमन्त्री बन्न सकेन? किन एउटा राईलिम्बु वा शेर्पातामाङ वा गुरूङमगर, रानाभाटगिरि प्रधानमन्त्री बन्न सकेन? किन मधेसिथारूकाे बच्चा प्रधानमन्त्री बन्न सकेन ?
६. नेपालमा जम्मा बैंक ६१ वटा छ(कमर्सियल बैंक २८ वटा + डेभलपमेन्ट बैंक ३३ वटा) मा कतिवटा बैंक कुसुण्डा, चेपाङ, र राउटेकाे हाेला? वा अन्य जातिकाे हाेला ?
७. ४९ वटा टिभि च्यानलमध्य कतिवटा मुसहरकाे टिभि च्यानल हाेला? कतिवटा मुस्लिमकाे हाेला?
८. ७७ जिल्लामा सिडियाे कुन जातिकाे बढि हाेला?
९. नेपालकाे विदेशमा ३० वटा राजदुतावास(Embassy) छ । ३० वटा एमबसिमा मा कति मगर राजदुत हाेला वा तामाङ, राईलिम्बु गुरूङ राजदुत हाेला वा कति दमैकामि, थारू मधेसि, रानाभाटगिरि, बाेटेकुमाल राजदुत हाेला?
१०. के अब नेपालमा लाेकसेवा आयाेग तामाङ भाषा, राईलिम्बू भाषामा दिन पाउने व्यवस्था गरे खस भाषि साथिहरूले प्रतिस्पर्धा गर्न सक्लान?
११. ४०५ भन्द बढि एफ. एम स्टेसन छ नेपालमा । कतिवटा दलितकाे, कतिवटा जनजाति मधेसि र मुस्लिमकाे हाेला? बिचार गराैं ।
१२. धारा ७ काे उपधारा १ मा नेपाली खस भाषा सरकारी कामकाजकाे भाषा भनेकाे छ ।
हेक्का रहाेस हाल नेपालमा एकल जातिय आरक्षण चलिरहेकाे छ । अझ बढि नेपालमा एकल धर्म आरक्षण, एकल भाषा आरक्षण, एकल सँस्कृतिकाे अारक्षण, एकल क्षेत्र र लिङ्गकाे आरक्षण चलिरहेकाे छ ।
नेपालले अब वंशिय आरक्षण, जाहानिय आरक्षण र एकल जातिय आरक्षण थेग्ने पक्षमा छैन ।
हामी जनमुक्तियनहरू चाहान्छाैं अब नेपालमा बहुजातिय आरक्षणकाे व्यवस्था हुनुपर्छ ।
शासन-प्रशासन, देश- विदेश, निजामति,शिक्षक, चिकित्सा, सेना, प्रहरी, शसत्र प्रहरी सबैमा शतप्रतिशत (१००%) जातिय जनसंख्याकाे आधारमा समानुपातिक प्रतिनिधित्व लागू गर्नु पर्छ । चाहे कसैले चाहाेस वा नचाहाेस अब नेपालमा कि जनमुक्ति पार्टी को विकल्प छैन कि यसकाे सिद्धान्त र दर्शनकाे विकल्प छैन ।
आरक्षण(Reservation) र सहअस्तित्व(Co-existence)काे उच्चतमरूप वा विधि जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व(Proportional Representation on the basis of ethnnic population)नै हाे ।