पूर्ण बहादुर राना मगर
उत्तर: जनमुक्ति विचारधारा भनेकाे नेपालमा रहेका सबैखाले जातीय विभेद, भाषिक विभेद, धार्मिक विभेद, साँस्कृतिक विभेद, भाैगाेलिक विभेद,लैङ्गिक विभेद, आर्थिक विभेद, शाेषण, अन्याय, भ्रष्टाचार, बलात्कार, बेथिति, अपमानकाे समुल अन्त्य गरि समानुपातिक र समतामूलक समाज निर्माण गर्ने तथा विकसित र समृद्ध मुलुक निर्माण गर्ने अतुलनीय मार्गनिर्देशक राजनीतिक सिद्धान्त हाे ।

प्रश्न: जनमुक्ति विचारधारा किन प्रचारप्रसारमा आउन सकेन?
उत्तर: स्वस्फूर्त रूपमा नेपाली जनताले जनमुक्ति विचारधारालाई आत्मसात गर्ने चेत खुलेन । अरू पार्टीसँग जनमुक्ति विचारधारा छैन । जनमुक्ति विचारधारा साम्यवाद र पुँजिवादकाे मध्यमार्गी धार बहुजातीय लाेकतान्त्रिक समाजवाद स्थापना गर्ने अनुपम सिद्धान्त हाे । प्राय: पहिचानवादि भन्ने पार्टीहरू लहड र रहरमा खुलेका हुन् । जनमुक्ति विचारधाराबारे जनमुक्तिले बुझाउने काेसिस गरेन र अरूले पनि बुझ्ने चेष्ठा गरेन ।
प्रश्न: जनमुक्ति विचारधारा लागू भए के हुन्छ?
उत्तर: जनमुक्ति विचारधारा लागू भए जातीय एकाधिकारवाद, नश्लिय एकाधिकारवाद, भाषिक एकाधिकारवाद, साँस्कृतिक एकाधिकारवाद, धार्मिक एकाधिकारवाद, आर्थिक एकाधिकारवाद, लैङ्गिक एकाधिकारवाद र क्षेत्रीय एकाधिकारवाद हट्नेछ । एकल जातीय निरङ्कुशता हट्नेछ । बहुजातीय सरकार स्थापना हुनेछ ।
प्रश्न: मुलुकमा जनमुक्ति विचारधारा लागू भए के हुन्छ?
उत्तर: नेपालमा रहेका हामी सबै १४२ जाति नेपाली दाजुभाई र दिदीबहिनी हाैं । नेपालमा जातीय द्वन्द्व, भाषिक द्वन्द्व, धार्मिक, लैङ्गिक, क्षेत्रिय र आर्थिक द्वन्द्व हुनुहुँदैन भन्ने जनमुक्ति विचारधारकाे लक्ष्य रहेकाे छ । जनमुक्ति विचारधारा लागू भए सबै जातिले राज्यकाे हरेक निकाय र तहमा जित-जित(Win-win)काे अवस्था हुनेछ । र नेपालका सबै जाति, भाषा, धर्म, सँस्कारसँस्कृति, लिङ्ग, क्षेत्रले न्याय पाउनेछ । सबै जातिमा समानुपातिक आर्थिक प्रगति हुनेछ ।
। अहिले नेपाल बगैंचामा बनमारा फुल मात्रै फुलेकाे छ । फलेकाे छ । बनका सबै रूखलाई सखाप पारेकाे छ । तर जनमुक्ति विचारधारा लागू भए नेपाल भन्ने बगैंचामा सबै फुल(जाति) फुल्नेछ । सबै फुल(जाति)मा फल लाग्ने छ । अर्थात १४२ वटै फुल फुल्नेछ । १४२ वटै फुलमा फल लाग्नेछ ।
बल्ल सबै नेपालीले न्याय पाउनेछ । नेपालमा स्थाई शान्ति हुनेछ । देश समृद्ध हुनेछ । र सबै नेपाली नागरिक खुसि र सुखि हुनेछन् । सबै नेपालिले हाँसिखुसि जीवन बिताउने छन् ।