राधा सुवेदिकाे “अब तिमी उसैको भयौ “गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

Read Time:2 Minute, 6 Second

इटहरी । साहित्यकार राधा सुवेदिले स्वाेर दिएको अब तिमि उसैको भयौ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साचाे प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्रटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी , नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।

भिडियोलाई पूर्वेली न्युज तथा पूर्वेली इन्टरटेन्मेनका सञ्चालक सुरेश चन्द्र दाहाल र नागी डान्स सेन्टरका सञ्चालक वसन्त बस्नेतले निर्देशन गरेका छन् भने प्रडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् । दि म्युजिक एरियामा रेकर्डिङ गरिएकाे गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फत दर्शक माझ सार्वजनिक गरिएको हो ।

साचाे मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ । उक्त गीतले हाल राम्रै बजार पाएको छ भने टिकटक लगायतका सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । गीत सँगै बनेको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेका गीतकी सर्जक राधा सुवेदी बताउँछिन् ।
Video Linkhttps://www.youtube.com/watch?v=-OmZd9xkdvs

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %