‘क्षेत्री मात्रै किन हामी वाहुन पनि आदिवासी हौं’

Read Time:10 Minute, 55 Second

 

आधुनिक इतिहासकारहरुका अनुसार ई.पू. १२ सय बर्ष र प्राचीन पुराणइतिहासकारका अनुसार ई.पू. ३००० बर्षदेखी यस भु-भागमा ब्राहमणहरुको अस्तित्व रहदै आएको बुझीन्छ । जैमानी भरत च्यवन पराशर कौशिक अत्रि गण्डक पुलह र पुलस्त्य आदि ऋषिब्रहमणसँग सम्बद्ध साहित्यबाट कम्तीमा आजभन्दा ५००० बर्ष पूर्व देखी नेपाल भुमीमा ब्राहमणहरु रहँदै आएको पुष्टि हुन्छ । यस दॄष्टिले ब्राहमणहरु यहाँका आदिवासी नै ठहर्छन् । ब्राहमणहरुको बुद्धिविवेक क्षेत्रीहरुको शूरतावीरता र अन्य जातजातीहरुको श्रम सीपजन्य पुरुषार्थको संयोजनबाट यो राष्ट्र आजको अवस्थामा आएको कुरालाई नकार्ने ठाउँ छैन ।

 

ब्राहमण समाज नेपाल


ब्राहमण समाजको राष्ट्रिय अखण्डता सामाजिक सद्भाव र स्वजातीय स्वाभिमानको सुरक्षाका लागी जन्मिएको गैरराजनीतिक संस्था हो । नेपाल ऐतिहासिक कालदेखि नै विभिन्न जातजाति भाषाभाषी र संस्कार-सस्कृतिका मानिसहरुको साझा बासस्थल रहँदै आएको छ । यस राष्ट्रको निर्माण कालदेखी विकास विस्तार र आधुनिकीकरण हुँदै प्रजातन्त्रीकरण वा गणतँत्रीकरण सम्मका अभियानमा ब्राहमणहरुले गरेको उल्लेखनीय योगदान जगजाहेर छ ।

आधुनिक इतिहासकारहरुका अनुसार ई.पू. १२ सय बर्ष र प्राचीन पुराणइतिहासकारका अनुसार ई.पू. ३००० बर्षदेखी यस भु-भागमा ब्राहमणहरुको अस्तित्व रहदै आएको बुझीन्छ । जैमानी भरत च्यवन पराशर कौशिक अत्रि गण्डक पुलह र पुलस्त्य आदि ऋषिब्रहमणसँग सम्बद्ध साहित्यबाट कम्तीमा आजभन्दा ५००० बर्ष पूर्व देखी नेपाल भुमीमा ब्राहमणहरु रहँदै आएको पुष्टि हुन्छ । यस दॄष्टिले ब्राहमणहरु यहाँका आदिवासी नै ठहर्छन् । ब्राहमणहरुको बुद्धिविवेक क्षेत्रीहरुको शूरतावीरता र अन्य जातजातीहरुको श्रम सीपजन्य पुरुषार्थको संयोजनबाट यो राष्ट्र आजको अवस्थामा आएको कुरालाई नकार्ने ठाउँ छैन ।
यिनै पृष्ठभूमिमा अनेक आरोह अवरोह पार गर्दै वर्तमान शासन-सत्ता अस्तित्वमा आएको हो । नामले यो प्रजातान्त्रिक वा गणतान्त्रिक सरकार भए पनि यहाँका जनताले एउटा प्रजातान्त्रिक सरकारवाट पाउनुपर्ने हक अधिकार अवसर सुरक्षा लगायतका आधारभुत मानवीय अधिकार पनि पाउन सकेका छैनन् । आफ्नो न्युनतम नैसर्गिक मानवाधिकारका लागि पनि सरकार सँग संघर्षै गर्नुपर्ने लज्जास्पद स्थिति छ । नेताहरु सौहार्दतापूर्वक मिलेर बसेका नेपाली समाजमा जातिय क्षेत्रिय प्रान्तीय फुट पैदा गरेर विद्वेष र द्वन्द्व सृजना गरी सर्वसाधारण जनतालाई हदैसम्मको दुःख दिएर आफ्नो क्ष्ाद्र राजनैतिक स्वार्थ पूर्ति गर्न कम्मर कुसेर लागिरहेका छन् । यसले गर्दा नेपालको जातिय सद्भावलाई पुनर्जागरित गर्ने आफ्नो गौरवमय ऐतिहासिक दायित्तव बोध गरी सरकार सामु सशाक्त र संगठित आवाज पुर्याउन ब्राहमणहरुद्वारा यो समाज गठन गर्ने कार्य भएको छ ।

यो ब्राहमण समाज नेपाल नेपाली जातीलाई अनेकातामा तोडन होइन एकताको सुत्रमा जोड्न गठन भएको हो । ऐतिहासिक यात्रामा जानेर वा नजानेर भएका कमीकमजोरीहरुलाई सच्चाउदै आदिम कालमा मुखरित भएको ” संगच्छध्वं संबदध्वं ……… सहनाववतु सहनौ भुनक्तु ” को आदर्श भावना बोकेर हामी सबैको एउटै घर नेपाल र हामी सबैको एउटै जाति नेपाली भन्ने अवस्थामा पुगौं र यसरी नयाँ नेपालको निर्माणमा सहयोगी बनौं भन्ने आशयले यो राष्ट्रिय ब्राहमण समाज को सुत्रपात भएको हो । यस कार्यमा देशका सब ब्राहमणहरुको र साथै अन्य जातजाति भाषाभाषी धर्मसम्प्रदाय दल वा पार्टी को पनि सहयोग रहने छ भन्ने आशा गरेका छौ ।

हुन त शास्त्रीय अर्थमा ब्राहमण वा ब्राहमणत्व कनै जात नभएर निश्चित योग्यता प्राप्त गरेपछि पाइने उपाधि हो । परमसत्य वा ब्रहमलाई आत्मसात गरेको उच्चतम ज्ञानशक्ति र बुद्धिविवेक सम्पन्न जुनसुकै व्यक्ति ब्राहमण कहलाउँथ्यो । यसरी गुण र कर्मका आधारमा समाजमा ूब्राहमणू भन्ने वर्ग खडा भए यताका हजारौं बर्ष देखि ब्राहमणले मानवजातिलाई शान्ति सद्भाव र समन्वयको सुत्रमा जोड्ने प्रयास गर्दै आएको देखिन्छ तर मध्यकालमा जव ब्राहमणले एउटा जन्मगत जातिय स्वरुप प्राप्त गर्यो त्यसमा अनेक विकृति र विसंगति पनि भित्रिए जसले गर्दा ब्राहमण वर्ग आलोच्य वन्यो अहिले पनि त्यस्ता विकृतिका अवशेषहरु छन् जसको सुधार र परिमार्जन आवश्यक छ ।
ब्राहमण समाजको गठन ब्राहमणहरुको नैसर्गिक स्वभाव र मनोगत रहर नभएर वर्तमान समयमा देशमा सृजना भएको विखण्डनकारी विघटनकारी विद्वेषमूलक विकट परिस्थितिको वाध्यात्मक प्रतिफल हो भन्ने कुरा सवैसामु जाहेर गर्न चाहन्छौं ।

ब्राहमण समाज नेपाल को गठन गर्नु पर्नाका कारणहरु : –

१. देशका सबै जातजातिहरुले एक एक गरी आ-आफ्ना जातीय संगठन गरेर ब्राहमण जाति मात्रै एक्लिन पुगेकाले ।
२. प्रजातन्त्रिक मुलुकको सरकारले पनि आफ्ना सवै नागरीकहरुलाई विना भेदभाव समान हकअधिकार प्रत्यभूत गर्नुपर्नेमा जातिय आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्ने विभेदकारी नीति लिएकाले ।
३. संगठित शक्ति नवनेसम्म वैयक्तिक रुपमा जतिसुकै राम्रो र न्यायपूर्ण कुरा उठाए पनि राज्यले नसुन्ने भएकोले ।
४. ब्राहमण कुलमा जन्मिनु नै अपराध हो कि भन्ने झै गरी ब्राहमणहरुलाई विभिन्न अशोभनीय आक्षेपहरु लगाउन र भेदभावपूर्ण व्यवहार गर्न थालिएकाले ।
५. सरकारको अकर्मण्यता र विभेदकारी व्यवहारका कारण कैयौं होनहार प्रतिभाहरु विदेश पलायन भई राष्ट्रमा सृजनात्मक एवं बौद्धिक संकट आउने खतरा बढ्न थालेकाले ।
६. ब्राहमण वर्गभित्रै रहेका कतिपय विभेदमूलक रुढी र अन्ध विश्वासमूलक अवधारणहरु परिमार्जन गर्नुपर्ने भएकाले ।

ब्राहमण समाज नेपाल का प्रमुख उद्देश्यहरु :

१. मानवमात्रको कल्याण र उत्थानको लागि प्राचीन कालमा ब्राहमण ऋषिमहर्षिवर्गले गरेका योगदानहरुको स्मृति जगाउन र त्यसै दिशातिर लाग्न वर्तमान र भविषयका ब्राहमण समुदायलाई प्रेरित गर्नु ।
२. नेपाली समाजमा फैलिन लागेको जातीय द्वेष घटाउँदै सह-अस्तित्व सद्भाव र सहिष्णुताको विकास गर्नु ।
३. जातीय आधारमा गर्न लागिएको राज्यपुनसंरचना र आरक्षण व्यवस्था दुवै त्रुटिपूर्ण र अवैज्ञानिक छन् । आरक्षण गरिव अनाथ असहाय अपाङ्गहरुलाई हुनुपर्छ जातविशेषलाई हुनुहुँदैन भन्ने चेतना फैलाउनु ।
४. ब्राहमण समुदायभित्र रहेका अनेक आन्तरिक विभेद र समस्याहरु सुल्झाउदै सबैबीच पारस्परिक आत्मीय एकता कायम गर्नु ।
५. हाम्रा पूर्वज ऋषिमहर्षिहरुले आर्जन गरेका ज्ञानराशि र आविष्कार गरेका वैज्ञानीक चिन्तन संस्कृत भाषामा सुरक्षित भएकाले लोककल्यण का लागि उक्त भाषाको विकास पठनपाठन र अध्ययन अनुसन्धानमा सहयोग गर्नु ।
६. हाम्रा धार्मिक एंव सांस्कृतिक कर्मसंस्कारहरुलाई समयसापेक्ष एंव व्यवहरीक बनाउदै लैजाने र ती भित्रका जीवनउपयोगी बैज्ञानिक पक्षलाई उजागर गर्न सघाउनु ।
७. जातीय एकताका माध्यमबाट माथि उठ्दै अन्र्तजातीय एकता र राष्ट्रिय एकता हुँदै सम्पूर्ण मानवीय एकतालाई आत्मसात गरी अन्तमा विश्वमानवतामा प्रतिष्ठित हुनु यस समाजको परम उद्देश्य हो ।

अन्तमा संपूर्ण ब्राहमणहरुको हक हितका लागि गठित यस समाजलाई आफ्नै घर ठानेर यसको सदस्य बनेर आफ्नो अमूल्य विचार र सल्लाह सुझावहरु यसलाई दिएर समाजका कार्यक्रमहरुमा सहयोगी एंव सहभागी हुन  संसार भरि छरिएर रहनुभएका सवै वर्ग पेशा लिङ्ग समुदाय र ओहदाका ब्राहमण बन्धुहरुलाई हार्दिक आव्हान गर्दछौं ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %