न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दाेषि ठहर

Read Time:1 Minute, 10 Second

पूर्ण बहादुर राना
२०८१ जेठ १४ गते

काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी भएकाे ठहर गरेकाे छ ।

भुवन गिरीकाे बलात्कार मुद्दा न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले हेरेकाे थियाे । साेहि भुषालकाे ईजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेकाे छ । गिरिलाई सजाय निर्धारणकाे लागि छुट्टै पेशी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

भुवन गिरीलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ । गिरीलाई बलात्कार सम्बन्धि प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए । हाल गिरी निलम्बित अवस्थामा थुनामा रहेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %