भाषा मानिसको मात्रै हाेईन पशुपंक्षिकाे पनि हुन्छ

Read Time:2 Minute, 46 Second

२०८१ वैशाख १० पूर्ण बहादुर राना

सिंहकाे पनि भाषा हुन्छ
बाघकाे पनि भाषा हुन्छ
स्यालकाे पनि भाषा हुन्छ
कुकरकाे पनि भाषा हुन्छ
बाख्राकाे पनि भाषा हुन्छ
हात्तीको भाषा हुन्छ
गैंडाकाे भाषा हुन्छ
बिरालाेकाे भाषा हुन्छ
माछाकाे भाषा हुन्छ ।

भाषा ढुकुरकाे हुन्छ
भाषा जुरेलिकाे हुन्छ
भाषा डाङ्ग्रेकाे हुन्छ
भाषा चिलकाे हुन्छ
भाषा माहुरीकाे हुन्छ
भाषा बारूलाेकाे हुन्छ ।

तिम्राे भाषा मात्रै भाषा
मेराे भाषा सुर्तिकाे बासा
तिम्राे सँस्कार मात्रै संस्कार
मेराे सँस्कार बिग्रेको कुसंस्कार हुने
तिम्रो धर्म मात्रै धर्म
मेराे धर्म कुधर्म
तिम्राे सँस्कृति मात्रै सँस्कृति
मेराे सँस्कृति कुसँस्कृति हुने ।

कस्ताे दम्भि तिमी
तिमीले बाेलेकाे भाषा बाेले खुसि हुने
कस्ताे आडम्बरी तिमी
तिमीले खाकाे खाए खुसि हुने
कस्ताे घमण्डी तिमी
तिमीले लाकाे लाए खुसि हुने ।

वास्तवमा साम्प्रदायिक त तिमी हाै
जातिवादि त तिमी हाै
नश्लवादि त तिमी हाै ।

किनकि
ती राई र लिम्बूले मेराे भाषा पनि बाेल्छु
तिम्रो भाषा पनि बाेल भनेकाे छ
किनकि
ती गुरूङ र मगरले मेराे भाषा पनि बाेल्छु
तिम्रो भाषा पनि बाेल भनेकाे छ
किनकि
ती नेवार र तामाङले मेराे भाषा पनि बाेल्छु
तिम्रो भाषा पनि बाेल भनेकाे छ ।

किनकि
ती शेर्पा र थकालीले मेराे भाषा पनि बाेल्छु
तिम्रो भाषा पनि बाेल भनेकाे छ
किनकि
ती भाेजपुरि र थारूले मेराे भाषा पनि बाेल्छु
तिम्रो भाषा पनि बाेल भनेकाे छ ।

अनि सबै भाषाकाे अस्तित्व र सहअस्तित्व स्विकार्नेहरू
कसरी साम्प्रदायिक?
कसरी जातिवादी?
कसरी विखण्डनवादी?
कसरी नश्लवादी?
कसरी एकल पहिचानवादी?

अझ मत भन्छु
निर्जिव वस्तु ढुङ्गा र माटाेकाे पनि भाषा हुन्छ
पानीकाे पनि भाषा हुन्छ ।
किनकि मानिसले ढुङ्गा झरेकाे र
माटाे झरेकाे
हावा चलेकाे
पानी परेकाे
बाढि बगेकाे
ध्वनि चिन्ने गर्छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %