बालेनले गृहमन्त्री लामिछानेको श्रीमतीको सहकारीमा छापा मारे पश्चात् रवि र बालेनकाे भेट

Read Time:1 Minute, 20 Second

पूर्ण बहादुर राना

उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेकी श्रीमती निकिता पाैडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाडौँ महानगरपालिकाले छापा हानेकाे छ । छापा हानेपछि गृहमन्त्री रवि लामिछानेले मयेर बालेन शाहलाई भेटेका छन्।

उपप्रधानमन्त्री ताथ गृहमन्त्री लामिछानेले बुधबार दिउँसो आफ्नै कार्यकक्षमा मेयर शाहसँग भेट गरेकाे स्राेतले जनाएको छ । साे सहकारीमा महानगरले छापा मारेर सफ्टवेयर नियन्त्रणमा लिएको छ । उक्त सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको उजुरी परेकाे छ । उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले महानगरसँग उक्त सहकारीबारे जानकारी मागेको थियो।

दिएको यस साइ स्वागत सहकारीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठले ८० लाख रुपैयाँ ऋण लिएकाे कागजात फेलापरेको स्राेतकाे दाबी छ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
50 %