एट्लान्टा, जर्जिया –
अमेरिकाको दक्षिण-पुर्बी क्षेत्रिय र मध्य-पश्चिमी दुई नेपाली संस्थाहरु Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) को संयुक्त सम्मेलन सेप्टेम्बर २-५ तारिख बीच जर्जिया राज्यको एट्लान्टा शहरमा सम्पन्न भएको छ । यसै बिच, नासा (NASeA) को आगामी सन् २०११-१२ को लागि नयाँ कार्य समिती निर्वाचन सम्पन्न भएको छ। उक्त निर्वाचनबाट अध्यक्षमा डा. सन्जिब सापकोटा निर्बाचित भए भने अन्य निर्बाचित पदाधिकारीहरुमा कार्यकारी उपाध्यक्ष राम एस डङ्गोल, उपाध्यक्ष धन तिमील्सिना, महासचिब सगुन श्रेष्ठ, संयुक्त सचिब बिमलकुमार नेपाल र कोशाध्यक्ष गोबिन्द श्रेष्ठ . उक्त संयुक्त सम्मेलनको उद्घाटन सेप्टेम्बर ४ तारिख अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्माले द्वीप प्रज्वलन गरेकाथिए ।
उद्घाटन समारोहलाई प्रमुख अतिथी महामहिम डा. शर्मा, संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी एबं महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, NASeA प्रेसिडेन्ट राजा घले, ANMA प्रेसिडेन्ट संयोजक राजेन्द्र खटिवडा, नेता तथा साहित्यकार राजेस्वर देबकोटा, Empower Dalit Women of Nepal (EDWON) कि संस्थापक बिष्णुमाया परियार, अमेरिकि काँग्रेस सदनका उम्मेद्वार दर्शन रौनियार, एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व साँसद काशिनाथ अधिकारी, एटलान्टा बैदिक समाज प्रेसिडेन्ट पंडित धिरेन शर्मा, डा. प्रह्लाद पन्त, ओर्गनाइजेसन अफ भुटानिज कम्युनिटी इन अमेरिका (OBCA) अध्यक्ष डिजे खालिङ, APAC प्रेसिडेन्ट लाम निगोलगायत आयोजक र अतिथीहरुले सम्बोधन गरेकाथिए । बिश्वका ४० रास्ट्र को संस्था इन्टरनेश्नल युथ फिलरसिपमा भर्खरै मात्र नेपाल अमेरिका कोर्डिनेटर गोसित हुनु भयका हिम्ग्याप टासी लामा लगायत बिसिष्ठ व्यक्तिहरु पनि उपस्थित थिए । सम्मेलनको दोश्रो दिन (सेप्टेम्बर ३ तारिख) बहुचर्चित लोकगायक प्रेमराजा महत,लोकप्रिय गायक सुमन बुढा मगर लोकप्रिय , पपगायक राजु लामा, सिता गुरुङ, पबिता बाग्चन्द परियार लगायतका कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाए ।
गायक सुमन बुढाले ठट्टा र जोक्स संग संगै बहुचर्चित गित मैले ल्याउन पाम , भर्खरै मात्र बजारमा ल्याएको लोकाधुनिक गित रोउ भने आँशु छैन लगायत गाए . गायिका सीता गुरुङ संग रमाइलो दोहोरि गित प्रस्तुत गरे । गायक प्रेम राजा महतले आफ्नो बहुचर्चित गित पानको पात बाँझो खेतमा गायक राजु लामाले आफ्नो लोकप्रिय गित हरु र ऋतु हरुमा तिमि लगायतकf गित हरु प्रस्तुत गरेकाथिए ।
बेलुकीको ८ बजे सुरु भयको कार्यक्रम रातिको १ बजे सम्म चलेकोथियो । दर्शक हरु वान्समोर भन्दै जान र सिट बाट उठ्न मानि रहेकाथिएनन् i तेश्रो दिन (सेप्टेम्बर ४ तारिख) बेलुकी स्थानीय नेपाली कलाकारहरुद्वारा बिबिध नेपाली साँस्कृतिक साँझ प्रस्तुत कार्यक्रम प्रस्तुत गरियो । अमेरिका र क्यानाडा बाट सहभागी भएको सम्मेलनमा अन्तिम सम्म पनि होटल म्यरिलोटमा खचाखच देखिन्थ्यो । एएनए , एgआरएन पछि अमेरिकामा यो सस्थालाई सबै भन्दा ठुलो मानिन्छ । नासाको यो २० औ सम्मेलन हो ।
श्याम राना मगर,अमेरिकाबाट