पूर्ण बहादुर राना
यी दुई लिम्बू केटाहरूकाे “तन” लिम्बु “मन” बाहुन, “खाेल” लिम्बू “साेल”(soul) बाहुन र “शरीर” लिम्बू “विचार” बाहुन हाे । यी युवाहरू रास्वपा र एमालेका मतियार र स्वयं आदिवासीकाे अधिकार काट्ने हतियार नबनुन् ।

(१) किनकी एमाले र ओलिले तथा रास्वपा र लामिछानेले लिम्बू भाषा लगाएत अन्य मातृभाषामा विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययनअध्यापन गराउनुपर्छ । सबै मातृ भाषालाई सरकारी कामकाजकाे भाषा र सञ्चार माध्यमकाे भाषा बनाउनुपर्छ । सबै भाषाहरू राज्यको सम्पत्ति र सम्पदा हाे । सबै मातृ भाषाहरूमा ज्ञान र धन छ भन्ने राजनीतिक एजेन्डा यी पार्टीहरूसँग छैन ।
(२) किनकी एमाले र रास्वपाले सिमानन्तकृत र किनाराकृतमा परेका, पिंध र फेंदमा परेकाहरूलाई राज्यकाे हरेक निकायमा Essence र Presence, अस्तित्व(Existence) र प्रतिनिधित्व(Representation)काे लागि जातीय समानुपातिक प्रतिनिधित्वको मुद्दा उठाएकाे राजनीतिक रेकर्ड छैन ।
(३) किनकी यिनकाे पार्टीले भ्रष्टाचार हाेईन सदाचार र ईमानदार नेता, कार्यकर्ता, करमचारि, बेथिति हाेईन थिति र रिति भएको समाज, विपन्न हाेईन सम्पन्न मुलुक बनाउने राजनीतिक बाचा गरेकाे सुनेकाे छुईन ।
(४) किनकी यिनकाे दलले आत्मनिर्भर राष्ट्रकाे लागि उत्पादनमूलक, प्राविधिक, व्यावसायिक, म्यान्युफ्याक्चरिङ शिक्षा लागू गर्नुपर्छ भन्ने राष्ट्रिय विषय उठान गरेकाे सुनेकाे छैन ।
अब बाहुन मित्रहरू ईमानदार बिराट(ठूला) मन र छाति भएको बन्नुपर्छ । जहिले ढुकुरे छाति त के फिस्टेकाे छाति बनेर कतिन्जेल सरकारमा टिक्छाै?
लाेपाेन्मुख राउटे, कुसुण्डालाई राज्यकाे मूल धारमा ल्याउने कि नल्याउने? सबैकाे भाषा समान छ कि छैन । किन मातृभाषा शिक्षा लागू गर्न पर्याप्त बजेट छुट्याउँदैनाै? के सरकार प्रमुख प्रधानमन्त्री राउटे छ कि, कुसुन्डा? राई छ कि मगर? गुरूङ छ कि थारू? लिम्बू छ कि तामाङ? दमै छ कि सार्की? नेपालमा राष्ट्रपति र प्रधानमन्त्री पदकाे ठेक्का, पेवा, काेसेलि र बपाैति जस्तै कामिले बनाछ कि बाहुनले? वा मधेसी, मुस्लिमले?
दुवै लिम्बू तन्नेरी युवाहरूलाई शुभकामना!