मिस हङकङका ताज सबै जनजातिले जिते

Read Time:4 Minute, 25 Second

दश प्रतियोगी

नेपाल बाहिरको पहिलो सुन्दरी प्रतियोगिता  मिस नेपाल हङकङ २०११मा डोमा लाक्पा शेर्पा ले उपाधी हासिल गरेकि छिन् ।

टप पाँच

“यदि म स्वयंमले आफूले नै आफूले भनेको जस्तो गरेर देखाउन सकिन भने मेरा साथीहरूले मेरो भनाई सुन्ने छैनन् अतस् म आफूमा आत्म सम्मानको विकास गर्नेछु , साथीहरूलाई धुम्रपानबाट अलग रहन सचेत गर्नेछु र आफूलाई सधैं ईमानदारीताको बाटोमा हिडांउने छु ।“ मूख्य निर्णायक जेवी पुनमगरको प्रश्न यो उपाधिले अन्य प्रवासी नेपाली युवाहरुका निम्ति के रोलमाडल हुनसक्छ रु भन्ने प्रश्नको जवाफ दिदैं हङकङ अकादमी फर पर्फोरिङ्ग आर्ट्सको हलमा आयोजित यस वर्षको सुन्दरी प्रतियोगितामा आफ्ना ९ जना प्रतिस्पर्धीलाई उछिन्दै १८ वर्षिया डोमा मिस नेपाल हङकङ २०११ को खिताब जित्न सफल भएकि हुन् । मिस नेपाल हङकङको उपाधीसंगै डोमाले मिस फोटोजेनिकको उपाधी पनि हात पारेकि छिन् ।

निर्णायकहरु

डोमालाई पूर्व मिस नेपाल हङकङकी सहभागि तथा मिस ट्यालेन्ट टाईटल बिजेता केरन लिम्बुले ताज पहिराएकि थिईन ।
प्रतियोगितामा फस्ट रनरअप ममता गुरुङ र सेकेण्ड रनरअप रूथ्सा राई भएकिछिन् । मिस स्पोर्टी र मिस बेस्ट फिगरको टाईटल पनि क्रमश ममता गुरूङ तथा रूथ्सा राईले प्राप्त गरेकिछिन् । यस्तै बेस्ट हेयरमा सुष्मा लिम्बु, मिस पर्सानिलिटीमा कुसुम घले, मिस ट्यालेन्टमा प्रिन्सिका गुरुङ भएकि थिईन भने वेस्ट स्माईल सबिना भट्टराई, वेस्ट स्किन अप्सरा राई, कन्टेस्टन्ट च्वाईस मारिया शुब्बा तथा मिस क्याटवाक र पब्लिक च्वाईस अञ्जना धिमालले टाईटल जितेकिछिन् ।

आयोजक स्यारोन पुन

हङकङ स्थित नेपाली महाबाणिज्यदूताबासका प्रतिनिधि सुश्री श्रुतिबाट उद्घाटन भएको मल्टिपल आर्टस् एण्ड कल्चरल अर्गनाईजेशनद्वारा आयोजित यस प्रतियोगिताको बिशेष अतिथिमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, एनआरएनका अध्यक्ष दुर्गाप्रसाद गुरुङ, नेपाल जनजाति तथा आदिवासी महासंघका अध्यक्ष एमबी थापामगर, हिन्सका अध्यक्ष बुद्धिबहादुर थापा, नमोबुद्ध आमा समुहकी अध्यक्ष पदम कुमारी गुरुङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्ण लावती, थकाली समाज हङकङका अध्यक्ष हर्षनारायण तुलाचन, टप माउन्टेनका मास्टर गणेश गुरुङ, नेवार समाज हङकङका अध्यक्ष माणिकलाल श्रेष्ठ, हङकङ तामाङ घेदुंगका अध्यक्ष दुर्गा तामाङ आदि रहेका थिए ।

विजेता डोल्मा बीचमा

एथेनिक कल्चरल, एन्जल, बिकिनी, सारी तथा गाउन गरि पाँच सिक्वेन्समा हङकङका प्रशिद्ध नेपाली फेसन डिजाईनर माया पुनको ड्रेसमा प्रतियोगिहरूले क्याटवक गरेका थिए । मूख्य निर्णायक जेवी पुन मगरसंगै रेणु श्रेष्ठ, रीता गुरुङ तथा गौरव ठकुरी निर्णायकको भूमिकामा थिए । प्रतियोगिहरूको अफिसियल मेकअप आर्टिस्ट रीता गुरुङ थिईन भने मिडियामा नेप्सटाईम डटकम रहेको थियो ।

 थप फोटोहरु यहाँ छन ।

फोटो भीम थापा र टेक पुन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %