बसको ठक्करबाट एक वृद्धको मृत्यु

पर्सा (वीरगन्ज) ३१ असोज
 पर्सामा सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार जिल्लाको निर्मलबस्ती गाविसमा यात्रु बसले ठक्कर दिँदा स्थानीय एक वृद्धको ज्यान गएको हो । वीरगन्जबाट ठोरी जाँदै गरेको बेदेही बसले निर्मलबस्तीमा ठक्कर दिँदा सोही गाविसका स्थानीय ६० वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ ।

    दुर्तगतीमा गुडेको बसले सडक पार गर्ने क्रममा ठक्कर दिँदा धनबहादुरको घटनास्थालमा नै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । उनको शव आफन्तलाई बुझाइसकिएको प्रहरी चौकी निर्मलबस्तीले जनाएको छ ।
रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %