सुर्खेत ,११ असोज ।
सुर्खेतस्थित वीरेन्द्रनगर(१०, खजुरामा तरकारी बेच्न हिँडिरहेकी एक महिलालाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
लाटिकोइली(१ घर भई डोकोमा तरकारी बेच्दै हिँडेकी अन्दाजी ४० वर्षीया मनिसरा महताराको मृत्यु भएको हो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ट्रकलाई नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेको बताइएको छ ।
मृतक महताराको शव पोष्टमार्टमका लागि अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा राखिएको छ । रासस