राजनीतिक दल सम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव माग गरिएको सम्बन्धमा (प्रेस विज्ञप्ति)

Read Time:4 Minute, 44 Second

मिति ः २०८०।१२।७
प्रेस विज्ञप्ति
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव माग गरिएको सम्बन्धमा । 
नेपालको संविधान र राजनीतिक दल सम्बन्धी संघीय कानून बमोजिम समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूद्वारा संविधानको धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत राजनीतिक दल खोल्न पाउने स्वतन्त्रताको उपयोग गरी राजनीतिक दल गठन, दर्ता र सञ्चालन हुँदै आएका छन । नेपालको संविधानले राजनीतिक दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न र त्यसको प्रचार प्रसार गर्न दलले आप्mनो क्रियाकलापह? निर्वाध ?पमा संचालन गर्न पाउने व्यवस्था गरेको छ । यस प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी कानूनका प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्ने, राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने, दलको संगठनात्मक संरचना केन्द्र, प्रदेश र स्थानीय तहसम्म रहने, दलको विभिन्न तहको सबै समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्नेगरी समावेशी प्रतिनिधित्वको साथै कम्तिमा एक तिहाई महिला सदस्य रहने लगायतका व्यवस्था गरिएका छन् । तर राजनीतिक दलको गठन, दर्ता र संचालनमा मौजुदा कानूनमा रहेका कमिकमजोरी र अपर्याप्तताका कारण दलह?को आन्तरिक लोकतन्त्र, दलको सदस्यता, दलको कोष र राजनीतिक वित्त व्यवस्था, दलको विधान कार्यान्वयन, विवाद नि?पण, निर्णयको अभिलेखीकरण, स्वेच्छिक आर्थिक सहयोग र पारदर्शीता,  सम्पत्ती विवरण सम्बन्धी व्यवस्था, निर्वाचन घोषणापत्र र कार्यान्वयन, दलत्याग तथा नयाँ दल दर्ता सम्बन्धी व्यवस्था, लेखा र लेखा परीक्षण, एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रावधान, दलको आचार संहिता, राज्य कोषबाट दलह?लाई अनुदान दिने ९क्तबतभ ँगलमष्लन० लगायतका विषयमा थप छलफल गरी ठोस र उपयुक्त निश्कर्षमा पुग्न राजनीतिक दल तथा अन्य सरोकारवालाह?बाट चासो प्रकट हुँदै आएकोछ । 
त्यसैले, संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै दलह?को दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेकोछ । राजनीतिक दलको व्यवस्थापन र नियमन सबैको साझा सरोकारको विषय भएको हुँदा मौजुदा कानूनमा संशोधन गर्नुुपर्ने विषयह?मा आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आम संचार जगत, सम्वद्ध निकाय तथा सरोकारवालाह? सबैले उक्त ऐनमा गर्नुपर्ने सुधारका सम्बन्धमा ष्लाय२भभिअतष्यल।नयख।लउ वा पत्र मार्पmत् राय सुझाव उपलब्ध गराउन आयोग हार्दिक अनुरोध गर्दछ ।
 
नोट : हाल प्रचलनमा रहेको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ आयोगको वेब साईट धधध।भभिअतष्यल।नयख।लउ मा उपलब्ध छ । 


	(रामदत्त पाण्डेय)
	उपसचिव एवम् सहायक प्रवक्ता
1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %